0
गोल्डेन न्यूज संवाददाता
पोखरा रगंशालामा निर्माण हुने क्षेत्रीयस्तरको भलिबल टेनिङ्ग सेन्टरको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । सेन्टरको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले शिलान्यास गरे । शिलान्यासपछि बोल्दै उनले टेनिङ्ग सेन्टर निर्माणले भलिबल खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । 
उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता संचालन गर्ने योजना सहित सुविधा सम्पन्न बनाउन आग्रह गरे । उनले भने–‘तपाईहरु ५० लाख रुपैयाँ संकलन गर्नुस् ५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले दिन्छ, तर प्रशिक्षण हलमात्रै नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गर्न सक्ने सुविधा सम्पन्न हुनुपर्छ ।’ 
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकासका अध्यक्ष खगराज पौडेलले ६ महिनाभित्र सेन्टरको निर्माण सम्पन्न गर्ने योजनाका साथ अगाडि बढेको स्पष्ट पार्दै एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता संचालन गर्ने दावी गरे । पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्न भौतिक पूर्वाधार निर्माण आवश्यक रहेको भन्दै त्यसकालागी राखेपले आवश्यक बजेटको ब्यवस्था गर्नुपर्नमा उनले जोड दिए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले भलिबलमा पश्चिमाञ्चलले बनाएको ख्याति पछिल्लो समय खस्किंदै जानुको कारण नियमित प्रशिक्षण, पूर्वाधारको अभाव भएको भन्दै सेन्टर निर्माण नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 
नेपालमै पहिलो पटक पोखरामा टेनिङ्ग सेन्टर निर्माण हुन लागेको हो । रंगशालाको गुरु योजना अनुसार भलिबलका लागि छुटयाइएको जग्गामा पहिलो चरणमा २६ लाख रुपैयाँको लागतमा निर्माण गर्ने भनिएपनि त्यसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माण गरिने भएपनि कास्की जिल्ला भलिबल संघले ५० लाखमा टेनिङ्ग सेन्टर निर्माणको प्रक्रिया अगाडि बढाएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।
 टेनिङ्ग सेन्टरमा दुई भलिबल कोर्ट सहित टेनिङ्गका लागि आवश्यक पूर्वाधार तयार गरिने भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले बताए । टेनिङ्ग सेन्टर निर्माणसंगै पोखरामा नयाँ भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा संघले गरेको छ । महिला भलिबलमा पोखराले बनाएको सान खस्कँदै गएको छ भने पछिल्लो समय भलिबलमा नयाँ खेलाडिको आगमन हुन नसक्दा सुस्ताउँदै गएको छ । नियमित प्रशिक्षणको अभावमा नयाँ खेलाडी उत्पादन हुन नसकेको भलिबल खेलाडीको भनाई छ ।






Post a Comment

 
Top