0
गोल्डेन न्यूज संवाददाता
तलव बृद्धिको माग सहित पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । दुई बर्षदेखि अस्पतालमा कार्यरत कर्मचारीको सेवा सुविधा बृद्धि नभएको भन्दै उनिहरुले दवावमूलक आन्दोलन थालेका हुन् । मनिपाल कर्मचारी समन्वय समितिले दवावमुलक कार्यक्रम अन्तर्गत विहिवार प्रशासन घेराउ ग¥यो । माग पुरा गराउन भन्दै उनीहरुले पुस २४, २५ र २६ गते सम्म प्रशासन घेराउन गर्ने, २८ र २९ गते एम्वुलेन्स वाहेक अस्पतालका अन्य कुनैपनि सवारी सञ्चालन हुन नदिने कार्यक्रम तय गरेका छन् । त्यसपछि पनि माग सम्बोधन नभए पठन–पाठन ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् । विगत दुई बर्षदेखि कर्मचारीको सेवा सुविधा बृद्धि नभएको र पटक पटक ध्यानाकर्षण गराउदा पनि ब्यबस्थापन गम्भीर नरहेको भन्दै कर्मचारीले आन्दोलन थालेका हुन् । समितिका अध्यक्ष विक्रम केसीले दिएको जानकारी अनुसार माग सम्बोधनको लागि अहिलेसम्म अस्पताल ब्यबस्थापन सँग ३० पटक वार्ता भयो । तर कर्मचारीको माग सम्बोधनको प्रयास भएन । गत असार ७ गते ११ बुदे माग पेश गरेपछि ब्यबस्थापनको तर्फबाट गठित वार्ता टोलीसँग ३० औं पटक सम्म वार्ता गरेपनि माग सम्बोधन नभएको उनले बताए । उनीहरुले ४० प्रतिशत तलव बृद्धिको माग राखेका छन् । तर अस्पताल ब्यबस्थापनले ४.५ प्रतिशत मात्र बृद्धि गर्न सकिने अडान लिएको छ । समितिका अनुसार मनिपालमा अहिले चिकित्सक बाहेक ६ सय ५० जना कर्मचारी कार्यरत छन् ।











Post a Comment

 
Top