0
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखालाई  विहीबार एक कार्यक्रमको आयोजना प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्दीय कार्यालयका तर्फबाट प्राथामिक उपचार तथा सडक सुरक्षा महाशाखाका कार्यक्रम संयोजक शुसिल राज रेग्मीले प्राथामिक उपचार सामाग्री हेमजा उपशाखालाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गर्दे रेग्मीले प्राथमिक उपचारका सामाग्रीहरुले घाइतेले समयमानै प्राथमिक उपचार प्राप्त गर्न सहज हुने उल्लेख गर्दै प्राथामिक उपचार बाट बञ्चित हुन नपर्ने बताए । प्राथामिक उपचारमा कार्यरत स्वयस्वेक हरुले उक्त सामाग्रीहरुको सही सदुपयोग गर्न सुझाव दिए । रेग्मीले प्राथामिक उपचारको आधारभूत तालिम प्राप्त गरेका स्वयसंवेकहरुलाई आगामी दिनमा पनि तालिम दिइने जानकारी दिए । सहयोग सामाग्री ग्रहण गर्दे नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा उपसभापति गोपाल नन्दन गिरीले सडक दुर्घटना परी घाइतेहुनेहरुको प्राथामिक उपचारमा उक्त सामागीहरु प्रयोग जानकारी दिए । 
नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा उपसभापति गोपाल नन्दन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव तिलक प्रसाद तिमिल्सिना र कार्यक्रमको सञ्चालन युवा रेडक्रस सर्कल हेमजाका सचिव सुनिल गायकले गनरेका हुन् ।







Post a Comment

 
Top