0
हरि पन्त
पोखरा २६ पुस ।
भूकम्पका कारण घरविहीन, छाप्राको जिन्दगी । पुस माहिनाको ठण्डी, त्यसैमाथि भारी हिमपात । छाक टार्न केही व्यवस्था भएपनि आङ ढाक्न साह्रै समस्या । तातोको कुरा गर्ने हो भने दाउरा बाल्नुको विकल्प केही छैन, त्यहि दाउरा पनि हिमपातका कारण बल्दैन । यस्तो सुन्दा कसको मन भावूक नहोला ? अझ अनुभव नै गर्ने हो भने त कसैको मन पनि ठेगानमा रहँदैन । यस्तै कारुणिक जीवन चलिरहेको छ, गोरखा हंसपुर भच्छेकका भूकम्प पीडितको । गत वैशाख १२ र २९ गतेको महाभूकम्पले उनीहरुको उठिवास लगाइ दिएपछि यस्तै कारुणिक जीवन चलाउन बाध्य छन् उनीहरु । खानका लागि अरुकै भर पर्नुपर्ने, लाउनका लागि पनि अरुकै भर पर्नुपर्ने अवस्था छ उनीहरुको । भूकम्पपछि गाविसले दिएको १५ हजार रुपैयाँ र केही खाद्यान्न बाहेक सरकारी सेवा केही पाएका छैनन् उनीहरुले । गैरसरकारी संस्थाको सहयोगले नै उनीहरुको जीवन चलिरहेको छ । तर केही दिनअघिको हिमपातले उनीहरुको जनजीवन कष्टकर छ ।  ती भूकम्प पीडित भएको ठाउँमा पुग्ने सडक ज्यादै जोखिमयुक्त भएकाले पनि उनीहरुले कारुणिक जीवन व्यतित गर्नुपर्ने बाध्यता छ । ‘हामीहरुको नाममा धेरै सहयोग आयो, उनीहरुकोमा पुग्न सकेन । दाताहरुले दिएको सहयोग त्यहाँ पुग्न नसकि जिल्ला प्रशासन कार्यालयमा पुग्यो । प्रशासनले जहाँ सजिलो छ त्यहाँ वितरण ग¥यो, हामीले केही पाएका छैनौं ।’–एक भूकम्पपीडितले गुनासो गरे । 
कारुणिक जीवन व्यतित गरिरहेका भूकम्पपीडितका हातमै न्यानो कपडा पु¥याउन सफल भयो लायन्स । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सक्रियतामा भच्छेक स्थित हंसपुर गा.वि.स. वडा नं. ३ र ९ का भूकम्पपीडित २ सय ४० परिवारलाई नयाँ न्यानो कपडा वितरण गरिएको छ । न्यानो कपडामा ब्लाङ्केट, कम्बल, स्वीटर, पछ्यौरा, ज्याकेट, ट्राउजर, जुत्तामोजा लगायत छन् । उक्त कपडा ९ लाख रुपैयाँ बराबरको हो । न्यानो कपडा वितरण गर्न न्यानो कपडा वितरण अभियानका गण्डकी संयोजक दुर्गाप्रसाद हुमागाई र क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्य नै उक्त स्थानमा पुगेका थिए । ‘न्यानो कपडा लिएर भच्छेक पुग्ने यात्रा अत्यन्तै जोखिमपूर्ण थियो । जोखिम मोलेरै त्यहाँ पुगि न्यानो कपडा दिन पाउँदा ज्यादै आत्मसन्तुष्टि मिलेको छ’, संयोजक हुमागाइँले गोल्डेन न्यूज दैनिकसंग भने–‘भूकम्पपीडित मानवीय सेवामा गरिने धेरै कार्यमध्ये यो क्षण कहिल्यै भुल्न सकिंदैन ।’ 
क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्यका अनुसार न्यानो कपडा लिन हंसपुर गा.वि.स. ३ र ९ का भूकम्पपीडित वृद्धवृद्धा र बालबालिका ४ घण्टा पैदल हिंडेर आएका थिए । ‘भूकम्पबाट अति प्रभावित भच्छेक हंसपुरका सबै घर भत्किएका छन्’ आचार्यले भने–‘स्थानीयबासी पाल र टिनको पातामुनि रात बिताउन बाध्य छन् ।’ आफूहरु न्यानो कपडा वितरण गर्न त्यहाँ पुग्दा असिनापानी र हिमपात भईरहेको उनले बताए। अत्यधिक चिसोले जनजीवन प्रभावित भईरहेको बेला लायन्सले त्यति दुर्गम स्थानमा न्यानो कपडा सहितको राहत सामग्री लिएर पुग्दा स्थानीयले लायन्सको यो कार्यको सह्राना गरेको सेक्रेटरी आचार्यले बताए । ‘गोर्खा १२ किलो बजारबाट ५ घण्टाको जिप यात्रापछि पुगिएको चिसोले आक्रान्त गाउँ भच्छेकमा न्यानो कपडा  पुर्याउँदा भूकम्पपीडित वृद्धवृद्धा र बालबालिका अतिनै खुशी देखिन्थे, धेरैले न्यानो अनुभूति गरेको हामीलाई महसूस भयो।’–उनले भने । विभिन्न संघसंस्थाले राहत वितरण गर्दा पीडितको हातसम्म कमै पुगेको र लायन्सले मात्र यति दुर्गम क्षेत्रमा आएर पहिलो पटक न्यानो कपडा वितरण गरेकोले आफूहरुले सजिलै राहत पाएको भूकम्प पीडित क्षेत्रबहादुर मगरले बताए । 
डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले दिएको जानकारी अनुसार गोर्खा भच्छेकमा डिष्ट्रिक्टको तर्फबाट ९ लाख रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको छ । कपडा सबै नयाँ हुन् । गण्डकी र धौलागिरी क्षेत्रका लायन्स क्लब, व्यक्ति र संघ–संस्थाबाट उक्त कपडा संकलन गरिएको हो । 
‘हिमपात र चिसोबाट कठ्याङ्ग्रिएका भूकम्पपीडितलाई यो सहयोगले न्यानोपनको महसूस हुने अपेक्षा गरेका छौं’, क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्यले भने–‘सरकारले गर्नुपर्ने काम लायन्सले न्गरेको छ । यो सहयोग कतैबाट अनुदान आएको नभर्ई लायन्स सदस्यले स्वतःस्र्पmुत रुपले प्राप्त भएको हो ।’ 
अभियानका गण्डकी संयोजक दुर्गाप्रसाद हुमागाईको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीका अध्यक्ष नारायण सिग्देल, सेन्ट्रल स्टेटका अध्यक्ष बद्री पण्डित र क्लबका पदाधिकारीले सहयोग गरेका थिए । गण्डकी र धौलागिरी क्षेत्रका बिभिन्न लायन्स क्लबहरु ,पोखराको नोभेल एकेडेमी, नमस्ते फाउण्डेशन पोखरा, समाजसेवी के.पी. श्रेष्ठ, प्रमिला श्रेष्ठ र गण्डकी ग्रुपका हरिश्वर पोख्रेल लगायतले अभियानमा विशेषरुपले सहयोग गरेको संयोजक हुमागाईंले जानकारी दिए । 

Post a Comment

 
Top