0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको २० औँ वार्षिक साधारण सभा तथा १०औँ सम्मेलनले शशी तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामबहादुर पौडेल र पार्वती पौडेललाई सर्वसम्मत चयन गरेको छ ।   महासचिवमा विष्णुहरि अधिकारी ,सचिवमा महेन्द्र आले र कोषाध्यक्षमा बसन्धरा ढकाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा  अमृत घिमिरे, निर्मला कोइराला, विष्णु बहादुर भट्टराई, पवित्रा जिसी, यादवचन्द्र भुर्तेल, ठाकुर प्रसाद बराल, श्रीराम आचार्य, हनिफ मियाँ, कौशिला गुृरुङ, कमल प्रसाद न्यौपाने र  अमृत अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सम्पदाहरुको संरक्षणमा सबै जागरुक भएर लाग्नुपर्नेमा जोड दिए । उनले राष्ट्रियताको सवाल अहिले सबैको मन मस्तिष्कमा सलवलाइरहेका बेला राष्ट्रिय सम्पदाले लिएको अभियानमा आफ्नो हरेक स्थानमा ऐक्यबद्धता र समर्थन रहने बताए । उनले हामीले संस्कृति र संस्कारहरु भुल्दै जानु विडम्बना बनेको बताउँदै आफ्नो मौलिक पनलाई बिर्सन नहुनेमा जोड दिए । सम्पदा अतिक्रमणका सवालमा राष्ट्रिय सम्पदाले उठाएको अभियान सह्रानीय भएको उल्लेख गर्दै यसमा निरन्तरता र सरोकारवाला निकाययमा यसको खबरदारी जारी राख्नुपर्नेमा उनले जोड दिए । सो अवसरमा बोल्दै वरिष्ठ मानव अधिकारकर्मी तथा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष टेकनाथ बरालले राष्ट्रियता र राष्ट्रिय धरोहरका सम्पदाहरुलाई बचाइराख्न सम्पदाले थालेको अभियान जारी राख्नुपर्नेमा जोड दिए । उनले महाकाली बचाऊ अभियानबाट ओतप्रोत भएर गठन गरिएको संस्थाको गरिमा  र उचाइलाई अझ गरिमामय पार्दै अघि बढ्न सुझाव दिए । सो अवसरमा  पोखरा उपमहानगर पालिकाका कानुन अधिकृत नारायण शर्मा, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिलीप राज श्रेष्ठ  राष्ट्रिय सम्पदाका सल्लाहकार तिलक पराजुली, सल्लाहाकार भूपनिधि पन्तले मन्तव्य राखेका थिए । सो अवसरमा संस्थालाई विभिन्न तवरले सहयोग पु¥याउने पोखरा उपमहानगर पालिका जिविस कास्की, पोखरा उद्योग वाणिज्य संघ, आदर्शसमाज राष्ट्रिय दैनिक  र हनिफ मियाँलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा महासचिव रामबहादुर पौडेलले स्वागत मन्तव्य, कोषाध्यक्ष बसन्धरा ढकालले संस्थाको आर्थिक प्रतिवेदन राखेकी थिइन् भने सदस्य निर्मला कोइराला पाठकले संस्थाको प्रगति विवरण पेस गरेकी थिइन् । संस्थाकी कार्यवहाक अध्यक्ष शशी तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पार्वती पौडेलले गरेकी थिइन् । नयाँ कार्यसमितिको कार्यकाल आगामी २ वर्ष रहने सम्पदाले जनाएको छ ।










Post a Comment

 
Top