0
गोल्डेन न्यूज संवाददाता
रोटरी पोखरा क्लव अफ पोखरा फस्टेलले शुक्रवार पोखरा २८ स्थित अर्मलामा रहेको श्री जनता जनता प्राविका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ. । छात्रवृत्ति कार्यक्रम अन्तर्गत क्लवले करिव २० हजार वरावरका शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै क्लवका अध्यक्ष तेज गुरुङ्गले विद्यार्थीहरुलाई प्रदान गरिने व्यवहारिक शिक्षाले उनीहरुलाई अगाडि वढने प्रेरणा मिल्ने बताए । सो अवसरमा अध्यक्ष गुरुङ्गले विद्यालयमा अध्ययनरत कक्षा ३ मा अध्ययनरत उत्कृष्ट विद्यार्थी कुशल परियारलाई नगद एक हजार प्रदान गरे । उनले हरेक वर्ष विद्यालयको एक जना उत्कृष्ट विद्यार्थीलाई नगद एक हजार प्रदान गर्ने घोषणा समेत गरे । कार्यक्रममा क्लवका सर्भिस प्रोजेक्ट निर्देशक वावुराम पाठकले कलवको स्थापनाकाल देखि विद्यालयसंग समुधूर सम्वन्ध रहेको र विद्यालयको शैक्षिक उन्नयनका लागि क्लव संधै हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापनका पूर्व अध्यक्ष लिलाधर आचार्य, क्लवका प्रेसिडेन्ट नर वहादुर गुरुङ्ग, क्लवका सचिव प्रकाश पौडेल, विद्यालयका प्रधानाध्यापक डिल्लीराम आचार्य लगायतले विद्यालयको भौतिक पूर्वाधार निर्माण र विकासका वारेमा वोलेका थिए । रोटरी क्लव अफ पोखरा फिस्टेलले सो विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय लगायत भौतिक पूर्वाधारको निर्माण संगै  वार्षिक रुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।

Post a Comment

 
Top