0
मारवाडी युवा मञ्च पोखरा र लायन्स क्लव अफ पोखरा पिस टाउनको संयुक्त आयोजनामा आइतबार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भयो । मारवाडी युवा दिवस जनवरी ३ को अवसरमा आयोजित कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । उक्त अवसरमा लायन्स क्ल्व अफ पोखरा मुनालका उपाध्यक्ष जीवनमान शाक्यले ५३औं पटक रक्तदान गरेका थिए । कार्यक्रमका अध्यक्ष मारवाडी युवा मञ्च पोखराका अध्यक्ष सन्तोष कुमार अग्रवाललाई व्लड व्याग हस्तान्तरण गर्दै लायन्स क्ल्व अफ इन्टरनेशनल ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले कार्यक्रम उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ध्रुव थापाले रक्तदान कार्यक्रम आयोजना गर्नु सामाजिक एवं मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण काम भएको बताए । 
कार्यक्रममा कार्यक्रम संयोजक किशोर बरालले विकास र प्रविधिले ठूलो फड्को मार्न सफल भएको भएपनि रगतको विकल्प आउन नसकेको बताए । मारवाडी युवा मञ्च पोखराको तर्फबाट कार्यक्रम संयोजक मञ्चका सदस्य हरिषचन्द्र शर्मा रहेका थिए । मारवाडी युवा मञ्च पोखराका अध्यक्ष सन्तोष कुमार अग्रवाल र पिस टाउन लायन्सकी अध्यक्ष सावित्री बरालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा मारवाडी युवा मञ्चका सचिव मनोज कुमार मोड, इशा अग्रवाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।








Post a Comment

 
Top