0
गोल्डेन न्यूज संवाददाता
सैनिक आवासीय महाविद्यालय पोखराको ११औं वार्षिकोत्सव तथा पाँचौ खेलकुद सप्ताह सम्पन्न भएको छ । पश्चिम पृतनाका निमित्त पृतनापति तथा महाविद्यालय सञ्चालन समितिका सदस्य, श्री नं. ३ बाहिनीका बाहिनीपति सहायक रथी जशवन्त शम्शेर जबरा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, खेलकुद तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्य खेमराज देवानले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावि योजनाका बारेमा समेत स्पष्ट पारेका थिए । विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम, गीत समेत प्रस्तुत गरेका थिए । शैक्षिक वर्ष २०७१ मा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी एवं शिक्षक कर्मचारीहरूलाई  प्रमुख अतिथि कार्कीले उक्त अवसरमा पुरस्कृत गरेका थिए । कार्यक्रममा एस.एल.सी २०७१ मा सैनिक महाविद्यालय पोखरामा नै सर्वोत्कृष्ट हुने सन्दिप दाहाल, उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गतको परीक्षामा कलेज सर्वोत्कृष्ट हुने सन्तोष कार्की तथा द्वितीय र तृतीय क्रमशः निरञ्जन कार्की, धिरज के.सी.लाई नगद एवं तक्मा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमा बोल्दै राणाले आफूसँग उपलब्ध साधन र श्रोतको अधिकतम सदुपयोग गरी विद्यार्थीहरूको चौतर्फी विकास गर्ने कार्यमा महाविद्यालय निरन्तर लागिरहनेछ भन्ने विश्वास व्यक्त गर्दै हालसम्म प्राप्त उपलब्धीहरूको प्रशंसा गरे । विद्यालयका सैनिक सम्पर्क अधिकृत सेनानी सन्दिप बिस्टले विद्यालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आइरहेको वार्षिक मुखपत्र ‘फूलबारी’ को ११औंैँ अंकको पनि उक्त अवसरमा प्रमुख अतिथि राणाले विमोचन गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक उपेन्द्र प्रसाद पौडेलले गरेका थिए ।

Post a Comment

 
Top