0
लेखनाथ नगरपालिका वडा नं.–३, निवासी शौरव बस्ताकोटीले आफ्नो १५औं जन्मोत्सवमा लेखनाथ–१३, लामेआहालको राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई सहयोग गरेका छन् । वस्ताकोटीका परिवारले बुधवार आश्रममा पुगी त्यहाँका ज्येष्ठ नागरिकलाई ५० थान कम्बल र खाद्य सामग्री वितरण गरेका छन् । आश्रमका अध्यक्ष प्रेम लिगललाइ वस्ताकोटीका हजुरआमा कृष्णदेवी वस्ताकोटी, बुबा कमलभक्त वस्ताकोटी, आमा सीता वस्ताकोटी, काका हरि वस्ताकोटी र काकी दीपा वस्ताकोटीले सामुहिकरुपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा आश्रमका अध्यक्ष प्रेम लिगल, सचिव सोभामोहन पौडेले र कोषाध्यक्ष विश्व लामिछानेले आश्रमका गतिविधि र वर्तमान अवस्थाका बारेमा जानकारी दिए ।










Post a Comment

 
Top