0
गोल्डेन न्यूज संवाददाता
स्वास्थ्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले देशको विद्यमान समस्याको राजनीतिक रूपमा छिटो समाधान गरिने बताएका छन् । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), कास्कीद्वारा  आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तराई मधेश आन्दोलनसम्बन्धी धेरै मागका सम्बन्धमा लगभग सहमतिमा पुगेको र सीमाङ्कनको विषयलाई राजनीतिक संयन्त्र निर्माण गरी छिट्टै टुङ्ग्याउने गरी छलफल जारी रहेको बताए । उनले जारी समस्या चाँडै नै समाधान भई मुलुकले निकास पाउने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेको उल्ल्ेख गर्दै उनले त्यसको समग्र सुधारका लागि आफू लागेको बताए । पछिल्ला समयमा औषधि अभावको समस्यालाई समाधान गर्न सरकार लागिपरेको बताउँदै मन्त्री चौधरीले दु्रत रूपमा बोलपत्र गरी औषधिको आपूर्ति सहज बनाउन प्रयास गरिएको छ भने । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित भएको बताउँदै उनले यसको विकासका लागि राजनीतिक प्रभावबाट टाढा राखेर अघि बढ्नुपर्ने बताए । सीमाङ्कनका लागि निश्चित समय तोकेर राजनीतिक संयन्त्र बनाउने गरी सहमतिको प्रयास भैरहेको उनले जानकारी दिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका महासचिव समेत रहेका चौधरीले छिट्टै निकास निस्कने विश्वास व्यक्त गरे ।

Post a Comment

 
Top