0
सुन्तलाखेतीको लागि पकेटक्षेत्र मानिने जिल्लाको बिहुँ गाविसबाट यो वर्ष रु पाँच करोड बराबरको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा फलेको ९०० मेट्रिक टनभन्दा बढी सुन्तला बेचेर त्यहाँका किसानले मनग्य आम्दानी भित्र्याएका छन् । 
जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लबप्रसाद अधिकारीका अनुसार बिहुँमा रहेका साढे चौध हजार सुन्तलाका बोटमध्ये योवर्ष ६ हजार बोटमा सुन्तला फलेका छन् । एउटै बोटमा ५० देखि ५०० किलोसम्म सुन्तला फल्ने गरेको बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलको भनाइ छ । 
कँडेलले आफुले ९० क्विन्टल सुन्तला बिक्री गरेको बताए । “सुन्तला बिक्री गरेर रु चार लाख आम्दानी भयो”, उनले भने । बिहुँमा अहिले प्रतिकिलो सुन्तला रु ३० मा बिक्री हुने गरेको छ । किसानको बोटबाट उठाउने व्यापारीले बजार क्षेत्रमा लगेर सुन्तला बेच्ने गर्छन्् । यहाँको सुन्तला सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँं, चितवन, बुटवल, पोखरासम्म पुग्ने गरेको छ । कतिपय व्यापारीले सुन्तलाको बोट नै ठेक्कामा खरिद गर्ने गरेका छन् । बिहुँको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिमलगायतका ठाउँका किसानले व्यावसायिक रुपमै सुन्तलाखेती गर्दैआएका छन्  रासस









Post a Comment

 
Top