0
गोल्डेन न्यूज संवाददाता
नेपालको यु १९ क्रिकेट टिमले भारतको हिमाञ्चल क्रिकेट एसोशिएशनलाई ३ विकेटले हराएको छ। विशेष प्रशिक्षण तथा अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको अन्डर १९ राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीलाई दोस्रो खेलमा हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३६.३ ओभरमा अलआउट हुँदै १७० रन बनायो। उसका लागि दिगविजय सिंहले सर्वाधिक ५० रनको योगदान दिए। यस्तै आयूस जनवालले ४७ रन बनाए। नेपालका लागि आरिफ सेख र प्रेम तामाङले ३–३ विकेट लिए।
१७१ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपाली यू १९ टोलीले ३८.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा ग¥यो। नेपालका लागि राजु रिजालले ४५, आरिफ शेख नटआउट ३५ तथा सुनिल धमलाले ३० रन बनाए। हिमाञ्चलका लागि आयुस जानवालले ३ विकेट लिए।
सन् २०१६ को जनवरी २२ देखि बंलादेशमा हुन लागेको आइसीसी अन्डर १९ विश्व कप क्रिकेट प्रतियोगिताको तयारी स्वरुप अभ्यास तथा प्रशिक्षणका लागि नेपाली क्रिकेट टोली बुधवार त्यसतर्फ लागेको थियो। नजिकिएको आइसीसी यु–१९ विश्व कप क्रिकेटलाई ध्यानमा राखेर विशेष प्रशिक्षण तथा अभ्यास खेलका लागि प्रशिक्षक जगत टमाटाको नेतृत्वमा २४ सदस्यीय नेपाली क्रिकेट टोली भारत गएको हो। नेपाली टोली आउँदो जनवरी १६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ।
यसैबीच बङ्ग्लादेशमा आगामी माघ ८ गते हुन यू–१९ विश्वकप क्रिकेटमा अष्टे«लिया सहभागी नहुने भएको छ। अष्ट्रेलिया, नेपालसँगै समूह ’डी’मा थियो। भारत र न्युजील्याण्ड समेत रहेको यो समूहमा अन्तराष्ट्रिय क्रिकेट परिषद 
(आइसीसी)ले आयरल्याण्डलाई समावेश गरेको छ। सुरक्षालाई कारण देखाउँदै अष्ट्रेलियाले विश्वकपमा सहभागी नहुने बताएको छ।











Post a Comment

 
Top