0
गोल्डेन न्यूज संवाददाता
गुँरास लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडद्वारा आयोजना गरीएको दुई दिने राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता उत्पेरणा कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहालले उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै उनले बीमा अभिकर्ताहरु जीवन बीमा कम्पनीका धरोहर भएको भन्दै अभिकर्ता व्यवसायिक भएमा मात्र कम्पनीको लक्ष्य प्राप्ति हुने स्पष्ट पारे । कम्पनीका नायब महाप्रबन्धक नारायण कुमार भट्टराईले कम्पनीले बजारमा ल्याउँदै गरेको नयाँ “गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना” को बारेमा संक्षिप्त जानकारी दिदै अहिलेको परिवेशमा गा्रहकलाई निकै उपयोगी रहेको बताए । आर्थिक वर्ष २०७१÷०७२ मा उत्कृष्ट व्यवसायिक लक्ष्य हासिल गर्न सफल अभिकर्ता तथा अभिकर्ता संयोजक सहित २६५ जनाका सहभागीता रहेको कार्यक्रममा विकल शेरचन र उषा मल्ल सिहंले सहजिकरण गर्दै सफल नेतृत्व निर्माणमा सकरात्मक सोच तथा सफलताका १० मन्त्रहरु बारेमा चर्चा गरेका थिए ।

साथै गत असार महिनामा उत्कृष्ट व्यवसायिक लक्ष्य लिई कार्य गर्ने अभिकर्ताहरुलाई लक्की ड्रमा पर्न सफल बुटवलका अभिकर्ता सिता खड्कालाई प्रथम पुरस्कार मोटरसाइकल हस्तान्तरणका साथै अन्य क्षेत्रका विजेताहरुलाई पुरस्कार वितरण गरिएको यियो । त्यस्तै, कम्पनीको निश्चित लक्ष्य लिई कार्य गर्ने उत्कृष्ट १० अभिकर्तालाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा क्रमशः नविन प्रसाद चालिसे, लालबन्दी, दिपेश जंग कार्की काठमाडौं, सुरेश प्रसाद कुर्मी विरगञ्ज, मनिषा खत्री धनगढी, सविता शर्मा पोखरा, सुबास मिश्र काठमाडौं, दिपा श्रेष्ठ धरान, कृष्णबहादुर खत्री फूलबारी, अनिषा बस्नेत,पोखरा, लतिका श्रेष्ठ धरान रहेका छन् । साथै गत आ. व. ०७१÷०७२ मा शत प्रतिशत लक्ष्य हासिल गर्न सफल पोखरा क्षेत्रीय कार्यालय अन्तर्गत क्षेत्रीय प्रमुख विक्रम कुमार पाठक, मार्केटिङ्ग विभाग कर्मचारीहरु क्रमशः श्याम प्रसाद तिमिल्सेना, प्रकाश रेग्मी, मेघराज खड्का र सरोज अधिकारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन कम्पनीका वरिष्ठ प्रबन्धक माधव शर्मा गरेका थिए भने लक्की ड्र कार्यक्रमको संयोजन एजेन्सी विभाग प्रमुख राम चन्द्र भण्डारी गरेका थिए ।












Post a Comment

 
Top