0
कास्कीको मिजुरेडाँडाँ गाविस वडा नं १ र ३ मा खानेपानी आयोजना सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित तथा युनिका फाउण्डशन नेदरल्याण्डको आर्थिक सहयोगमा सो खानेपानी योजना सम्पन्न भएको हो । योजना सम्पन्न भएपछि ८३ घरका ४ सय ४९ जनसंख्या लाभान्वित भएका छन् । प्रत्येक घर र एक विद्यालयमा खानेपानीको धारा जडान गरिएको छ। सो परियोजनाको एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गाना र युनिका फाउण्डेसन नेदरल्याण्ड नेपालका कन्ट्रि निर्देशक रमेश पौडेलले संयुक्तरुपमा शुभारम्भ गरे ।
सो अवसरमा बोल्दै रेडक्रस कास्कीका सभापति ढुङ्गानाले रेडक्रसले विभिन्न क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै खानेपानी परियोजना पश्चात स्थानीयलाई सजिलो भएको बताए । युनिका फाउण्डेसनका कन्ट्रीनिर्देशक पौडेलले खानेपानी परियोजनाको दिगो सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । सो अवसरमा रेडक्रस कास्कीका उपसभापति डोलराज पाण्डे, उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर तामाङ लगायतले बोलेका थिए । घर–घरमा खानेपानी पुगेपछि तरकारी खेती, बाख्रापालन लगायतले स्थानीयको आयआर्जनमा समेत सहयोग पुगेको छ ।

यसैबीच कास्कीको सैमराङ्ग  गाविसको वडा नं. ८ र ९ मा पनि खानेपानी परियोजना सम्पन्न भएको छ । सो परियोजनाको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गाना र युनिका फाउण्डेसन नेदरल्याण्ड नेपालका कन्ट्रि निर्देशक रमेश पौडेलले उद्घाटन गर्नुभयो । बरालडाँडा पोखरा सम्पर्क समाजका अध्यक्ष जिमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति डोलराज पाण्डे, शाखाका उपनिर्देशक खेमराज सापकोटा, परियोजनाका सल्लाहकार संयोजक भिमप्रसाद गुरुङ, सचिव धनप्रसाद कार्की लगायतले बोलेका थिए । परियोजना पश्चात ५६ घरका करिव ४ सय जनसंख्या लाभान्वित भएका छन् ।











Post a Comment

 
Top