0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेडी जेसिजको २८औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापना गरिएको छ । लेडिस जेसिजका २०१५ का अध्यक्ष जोर्जिना भट्टराईले २०१६ का अध्यक्ष प्रमिला सुवेदीलाई मंगलबार साँझ पदभार हस्तान्तरण गरेका हुन् ।कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष प्रदीपमान वैद्यले जेसिज विधिको शासनबाट संचालित रहेको बताए । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले लेडिज जेसिसले महिलाहरुमा नेतृत्व किास गर्ने र क्षमतावान बनाउने र महिलाहरुको क्षमता विकास र समाजलाई गतिशील प्रदान गर्ने कार्यमा सहयोग गर्नेमा जोड दिए ।

नयाँ अवधारणा प्रस्तुत गर्दै २०१६ कि अध्यक्ष प्रमिला सुवेदीले आफ्नो कार्यकालमा ‘स्वतन्त्रता र समानता आजको आवश्यकता’ मूल धारणाका साथ अगाडि बढ्ने बताइन् । उनले पिछडिएका वर्ग, सडक बालबालिका, महिलाहरुमा समान किसिमका हक अधिकार पाउनुपर्ने जोड गर्ने बताइन । अहिलेको वर्तमान नेपालमा राष्ट्रपति, सभामुख महिला भएको खुसी व्यक्त गर्दै पुरषसँगै सरह महिला आउने सक्छन भन्ने उदाहरण बन्दै गएको बताए ।कार्यक्रममा लेखनाथ जेसिसका बर्ष २०१५ का अध्यक्ष विनोद लामिछाने, पोखरा जेसिस वर्ष २०१५ का अध्यक्ष छवि सुवेदी, काठमाडौं जेसिस वर्ष २०१५ का अध्यक्ष सवनम महर्जन, पोखरा लेडी २००७ का अध्यक्ष मिनु श्रेष्ठ, रेडियो नेपालका क्षेत्रीय प्रमुख धुव्रराज ढकाल, पोखरा जेसिसका पूर्व अध्यक्ष तिलकराम पौडेल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top