0
पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्डमा पर्ने तनहुँको घाँसीकुवा गाविस–५ स्थित मुसेखोलामा बिही टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घाँसीकुवा–८ छिर्कनेका मोटरसाइकल चालक २१ वर्षीय सुरज थापा, सोही ठाउँका अर्का २० वर्षीय सन्दिप कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलको पछाडि बस्ने सन्दिपको घटनास्थल मै र चालक सुरजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेका ना५ख ७५२३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ग १० प ७४६२ नम्बरको मोटरसाइकललाई उक्त ठाउँमा ठक्कर दिँदा दुर्घटना भएको थियो ।  दुर्घटनापछि पृथ्वीराजमार्गको दमौली–डृुम्रे सडकखण्ड स्थानीयले अवरुद्ध पारेका थिए । रासस










Post a Comment

 
Top