0
गोल्डेन न्यूज संवाददाता
मगर आमसञ्चारकर्मी समाज, नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी माघ २६ गते हुने भएको छ । राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि काठमाडौंमा सम्पन्न भेलाले मनोज घर्तीमगर (काठमाडौं)को संयोजकत्वमा १५ सदस्यीय राष्ट्रिय सम्मेलन सचिवालय समिति गठन गरेको छ । सचिवालय सदस्यहरूमा देव पचभैयामगर (पाल्पा), सन्त गाहामगर (काठमाडौं), दिलीप थापामगर (काठमाडौं), एमबी आस्था मगर (कास्की), मनोज घर्तीमगर (कास्की), केबी रानामगर (नवलपरासी), रूद्रबहादुर श्रीसमगर (कास्की), देविका घर्तीमगर (दाङ), दीपा आलेमगर (बाँके), मिलन गाहामगर (रुपन्देही), भरत जर्घामगर (सिराहा), केदार मगर (खोटाङ), तिलक गुर्मछानमगर (काठमाडौं) र सर्वजीत थापामगर (दैलेख) रहेका छन्  त्यस्तै, सम्मेलन सम्पन्न गर्न नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, नेपाल मगर संघका प्रचार सचिव माधवकुमार दर्लामीमगर र अधिवक्ता गौबहादुर आलेमगर गरी तीन सदस्यीय निर्वाचन मण्डल समेत गठन गरिएको छ । समाजको सम्मेलन हुने स्थान तय गर्ने जिम्मा समाजको सचिवालयलाई दिने निर्णय गरिएको समेत जनाइएको छ । समाजको विधानलाई संशोधन गरी संघीय प्रादेशिक ढाँचामा लैजान समाजका संयोजक मनोज घर्तीमगर र सचिवालय सदस्य सन्त गाहामगर गरी दुई सदस्यीय विधान संशोधन समिति गठन गरिएको छ ।साथै, राष्ट्रिय सम्मेलनमा प्रत्येक जिल्लाबाट बढीमा पाँच जना प्रतिनिधि (पाँच जना भएमा दुई जना महिला अनिवार्य) सहभागी हुने, प्रतिनिधिहरूको नाम दर्ता १५ माघ २०७२ सम्म भइसक्नुपर्ने, शाखा नभएका जिल्लाहरूमा १५ माघ २०७२ सम्म तदर्थ समिति गठन गरेर प्रतिनिधि चयन गरी प्रतिनिधिको नाम दर्ता गरिसक्नुपर्ने निर्णय समेत भेलाले गरेको छ ।
त्यस्तै, समाजले राष्ट्रिय सम्मेलनका लागि सचिवालय सदस्य देव पचभैयामगरको संयोजकत्वमा दिलीप थापामगर र रूद्रबहादुर श्रीसमगर रहेको तीन सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ भने राष्ट्रिय सम्मेलनका लागि आर्थिक सहयोग गर्न तयार भएको मगर संघ बेलायतलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।









Post a Comment

 
Top