0
गोल्डेन न्यूज संवाददाता
कमल थापा नेतृत्वको राप्रपा नेपालमा उपाध्यक्षको संख्यामात्रै ४ जना पुगेको छ । यसअघि तीन जना उपाध्यक्ष रहेकोमा अध्यक्ष थापाले फेरि सिरहाका हरिनारायण यादवलाई सो पदमा नियुक्ति गरेसँगै उपाध्यक्षको संख्या चार पुगेको हो । राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापाले पार्टीको विधान अनुसार यादवलाई केन्द्रीय उपाध्यक्ष पदमा मनोनयन गरेको जानकारी दिए । पार्टीको केन्द्रीय सदस्य समेत रहेका यादव तराई मधेश क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित छन् । राप्रपा नेपालको संस्थापक नेता यादव लामो समयदेखि राजनीतिमा क्रियाशील छन् ।










Post a Comment

 
Top