0
गोल्डेन न्यूज संवाददाता

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सीमाङकन परिमार्जन गर्ने हो भने पाँच प्रदेश मात्रै बनाउन उचित हुने सुझाव दिएका छन् । नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटीले सोमबार पोखरामा आयोजना गरेको अञ्चलस्तरीय कार्यकता भेलालाई सम्वोधन गदै संविधान परिमार्जन गर्ने कुरा भैरहेको छ, यदि परिमार्जन हुने हो भने पाँच प्रदेश बनाए उपयुक्त हुने उनले बताए । उनले भने–‘‘अहिले सीमाङकनलाई लिएर विवाद भैरहेका छन्, पाँच प्रदेशमात्रै बनाए विवाद अन्त्य हुन्छ ।’ नेता खनालले सीमाङ्कनलाई परिमार्जन गरे देशमा आगो बल्ने चेतावनी समेत दिए । ‘सीमाङ्कन परिमार्जन गरे देशभरी आगो बल्छ, त्यसैले सर्तक हुनुपर्छ’–उनले भने ।
उनले तराईमा भारतीय र अको योजनामा विखण्डनको योजना भैरहेकाले टु नेशनको अवधारणा आएको समेत बताए। पूर्वप्रधानमन्त्री खनालले टु नेशनको योजना भारतीय रअको योजनामा नेपाललाई विखण्डन गर्ने गरि ल्याइएको भन्दै दुई राष्ट्रको अवधारणा सन् १९७१ मा भारतीय र अ को योजनामा पाकिस्तानमा सुरु भएको र त्यसलाई नेपालमा प्रयोग गर्न खोजिएको आशंका गरे । ‘तराई एउटा र पहाड अर्को राष्ट्र हो भन्ने र पहाडियाले तराईमा शासन गरेका छन् भन्ने कुप्रचार गरिएको छ’,उनले भने–‘त्यसका विरुद्ध लडनुपर्छ ।’ उनले एक मधेश एक प्रदेशको माग नेपालको राष्ट्रियता एकता र सार्वभौमसत्ता विरुद्ध रहेको र त्यसका विरुद्ध भएकताबद्ध भएर लडेका कारण असफल भएको दावी गदै फेरी तराईमा दुई प्रदेशको कुरा उठेको बताए । नेपालमा तीन राष्ट्रको अवधारण समेत ल्याइएको जानकारी दिदै उनले हिमाल, पहाड र तराई तीन राष्ट्रको कुरा उट्पटयाङ कुरा भएको समेत स्पष्ट पारे । उनले भने–‘हृदेश त्रिपाठीले तीन राष्ट्रको अवधारणा ल्याएको र त्यसलाई कुनैपनि दलले नसुनेका कारण तुहियो, यो गलत अवधारणा हो ।’
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रमुख राजनीतिक दलबीचको भद्र सहमति काँग्रेसले तोडेकाले नै सानातिना पार्टी बटुलेर सत्ता समीकरण गर्नुुपरेको बताउँदै पार्टी राष्ट्रिय स्वाधीनताको रक्षा, स्वतन्त्रता र संविधान कार्यान्वयन को पक्षमा हातेमालो गर्ने शक्तिसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने खाचों औंल्याए। एमाले नेता खगराज अधिकारीले सिधासाधा मधेसी जनतालाई उचालेर आन्दोलनमा  उतार्नु गलत भएको टिप्पणी गरे ।  प्रशिक्षणमा गण्डकी अञ्चलका एमाले नेता कार्यकर्ताहरुको सहभागिता छ । कार्यक्रममा केन्द्रिय केन्द्रिय नेताहरुले प्रशिक्षण दिने बताईएको छ ।












Post a Comment

 
Top