गोल्डेन न्यूज संवाददाता
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका पदाधिकारीहरु पोखरामा छिट्टै नै अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण शुरु गर्ने अठोटका साथ भ्रमणबाट फर्केको छ । पुसको तेश्रो साता मकवानपुरको हेटौडा, बुटवलको शंकर नगर बनबिहार तथा रिसर्च सेन्टर र बुटवलकै मणिमुकुन्द पार्कको अवलोकनपछि समितिले कास्कीको लेखनाथ नगरपालिकाको पचभैया सामुदायिक बन क्षेत्रमा छुट्याएको बनमा आउने बैशाख महिना भित्रमा चिडियाखाना निर्माण शुरु गर्ने अठोट गरेको हो । पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलका अनुसार दुइ दिनको भ्रमणले आफूहरुलाई चिडियाखाना निर्माणमा थप उर्जा प्रदान गरेको वताए । मकवानपुरको हेटौडा नगरपालिकामा रहेको शहिद स्मृति पार्क, बुटवलको शंकरनगर वनविहार र मणिमुकुन्द पार्कको अवलोकनले आफूहरुमा सरकारी तवरबाट भन्दा पनि स्थानीय स्तरबाटै चिडियाखानाको निर्माण गर्नुपर्ने जांगर चलेको बताए । आउने बैशाखको पहिलो सातामा आफूहरुले चिडियाखाना निर्माणको पहिलो चरण अन्तर्गत तारबार लगाइ वनभोज स्थल बनाएर पहिलो चरणको काम शुरु गर्ने उनको भनाइ रहेको थियो । भ्रमण दलमा सहभागी पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहन बहादुर घिमिरेले दुईदिने भ्रमणबाट आफूहरुमा स्थानीय स्तरबाटै पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माण गर्ने प्रेरणा जागेको बताए । उनले भने हामीले जतिपनि ठाउँको अवलोकन ग¥यौ हेटौडा र बुटवल दुवै स्थानमा रहेको पार्क तथा मिनी जु स्थानीय स्तरबाटै सानो क्षेत्रमा सञ्चालन गरेको पाइयो त्यहांबाट फर्कदै गर्दा हामीहरुमा सवै कुराको पर्याप्त संभावना रहेको पाइयो त्यसैले अव चिडियाखाना निर्माण स्थानीय स्तरबाटै शुरु गर्ने अठोट गरेको उनको भनाइ रहेको थियो ।
भ्रमणमा लेखनाथ क्षेत्रका स्थानीय निकाय तथा राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । राजनीतिक दलहरुपनि सवै राजनीतिक दलहरु कास्कीको लेखनाथमा रहेको पचभैया सामुदायिक वन, चैनपुर र चापापानी सामुदायिक वनमा छुट्याइएको चिडियाखाना निर्माण स्थालमा तुरुन्त काम थालनी गर्नुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस लेखनाथ नगरपालिका का सभापति राजेन्द्रमणि लामिछानेले लेखनाथका सम्पूर्ण राजनीतिक दलहरु लेखनाथको पचभैया क्षेत्रमा छुट्याइएको बन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा एकजुट भएको र त्यसलाई पूर्णता दिनका लागि सबै राजनीतिक दलले आ–आफ्नो ठाउबाट सहयोग गर्ने समेत उनले बताए । सम्पूर्ण राजनीतिक दलको अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणमा सहयोग गर्न आफूहरु एकजुट भएको बताउदै लामिछानेले सवैले आ–आफ्नो ठाउँबाट चिडियाखाना निर्माणमा लागेको खण्डमा हेटौडा र बुटवलको भन्दा फरक किसिमको चिडियाखाना निर्माण गर्न सकिने वताए । भ्रमणमा चिडियाखाना निर्माण सरोकार समितिका पदाधिकारी, पचभैया, चैनपुर, चापापानी सामुदायिक बनका पदाधिकारी, विभिन्न राजनैतिक दलका संयत्र, लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी र सञ्चारकर्मी सहित २४ सदस्यको सहभागिता रहेको थियो ।
Post a Comment