0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा र लागू औषध नियन्त्रण ब्युरो पोखराको प्राविधिक सहयोगमा गोल्डेन फ्यूचर उच्च मा.वि.मा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु बीच लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भयोे । सेवा केन्द्रका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा र सोही विद्यालयका प्रचार्य विर बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न  भएको हो । कार्यक्रममा प्रशिक्षक लागूऔषध नियन्त्रण ब्युरो कास्कीका प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले लागूऔषधको प्रयोगबाट मानिसमा पर्ने असर र कानुनी सजायको वारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले हाल समाजका लागुऔषधको प्रयोग बढ्दै गएको परिपेक्षमा सामुदायिक सेवा केन्द्रले गरेको प्रयामा हामि सबै मिलेर सामुदायिक सेवा केन्द्रलाई यस्तो सचेतना मुलक  अभियानमा साथ दिएमा मात्र सफलता पाउन सकिने बताए । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु, शिक्षक–शिक्षिकहरु, कार्यसमिति पदाधिकारी एंव सदस्य,सहयोगी उप समिति सदस्य,संस्थाका प्रहरी ईन्चार्ज,कार्यरत प्रहरी कर्मचारी समेत गरी १०९ जनाको सहभागिता रहेको कार्यक्रममा कार्यक्रमका संयोजक संस्थाका सहयोगि उप–समिति सदस्य यामनाथ तिमिल्सिनाले आ–आफ्ना भनाइ राखेका थिए ।









Post a Comment

 
Top