0
गोल्डेन न्यूज संवाददाता
नक्कली डाक्टर बनेर दर्जनौ युवाहरुलाई ठगी गर्दै हिड्ने गुल्मी हस्तीचौरकी डाक्टर सुहाना केसी भन्ने भगवती केसीलाई महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले सोधे,’किन नक्कली डाक्टर बनेर युवाहरु ठग्दै हिँडेकी ?’ उनीले जवाफ फर्काइन–युवाहरुलाई ठेगान लगाउन।  कस्तो ठेगान? एसएसपी खनालले उनको भनाई भूईमा खस्न नपाउँदै फेरि सोधे। उनीले फेरि जवाफ दिइन्– यसबारे मलाई केही थाहा छैन्। डाक्टर सुहाना केसी उर्फ भगवती केसी खुलेर केही भन्ने मुडमा देखिन्न थिइन्।  प्रहरीले पक्राउ गरिसकेपछि पनि उनलाई कुनै पश्चाताप छैन् । बरु उनी भन्छिन्–बरु जेलबाट छुटेपछि पनि यही कामलाई निरन्तरता दिन्छु। प्रेममा धोका पाएपछि पूर्व प्रेमीलाई देखाउनै लागि उनीमा बदलाको भाब आएको र विरक्तिएर ठगी गर्दै हिँडेको खनालले बताए। काम नगरी ठगेको भरमा मिठो खान, राम्रो लगाउन र युवाहरुसँग मोजमस्ती गर्न पल्किने हावा टाइपको युवती उनी रहेको खनालले बताए। उनले हातमा ‘आइ ल यु शक्ति’ लेखेर  ट्याटु खोपेकी छिन्। ७ वर्षअघि गुल्मीबाट काठमाडौं आउँदा एक सहकारीमा काम गरेको र त्यस बखत एक युवकसँग उनी गहिरो प्रेममा परेको प्रहरीले जनाएको छ । युवकले धोका दिएपछि उनी विरक्तिएर युवाहरुसँग बदला दिने भाव उनमा झल्किएको एसएसपी खनालले बताए। 
सहकारी छाडेदेखि उनले युवाहरुलाई फँसाउने, प्रेमजालमा पार्ने  देखिएको प्रहरीले जनाएको छ । नक्कली डाक्टर बनी काठमाडौंका एक धनाढ्य परिवारका प्लस टु पढ्दै गरेकी युवकलाई उनले प्रेमजालमा पारेर भारतको नयाँदिल्ली पुर्रुयाएकी थिइन्।  उनले एक जनामात्र होइन दर्जनौँ युवाहरुलाई फसाएर ३ हजारदेखि ५० हजारसम्म रुपैयाँ ठगेको प्रहरी अनुसन्धानले देखाएको छ । कलाकार, डाक्टरदेखि पोखरा, काठमाडौंका होटल व्यवसायीलाई पनि उनले ठगेकी थिइन्। भूकम्प ताका उनी काठमाडौंको गंगबु क्षेत्रका एक दर्जनभन्दा बढी होटलमा बसेर भाडा र खानाको पैसा समेत नतिरी भागेको वालिङ फुलवारी होटलका संचालक यमु कुँबरले बताए। पोखरा र काठमाडौंका डाक्टरहरुसँग शारिरीक सम्बन्ध राख्दै उनले केही रकम समेत असुलेको प्रहरीले जनाएको छ। ट्याक्सी चढ्ने, एउटा निश्चित स्थानको नाम चलेको होटल पु¥याइदेउ भन्ने होटलमा बस्ने, डिआइजीकी छोरी भन्ने र होटलको बिल नतिरी हिड्ने प्रवृत्ति उनको थियो । डाक्टरहरुलाई पटक पटक जालमा पारेकी उनले एउटा गाडि शोरुमका म्यानेजरलाई समेत ठग्न भ्याएकी थिइन्। ठगी गर्ने तर एउटा पनि प्रमाण फेला नपर्ने गरी काम गर्ने उनको बानी रैछ अनुसन्धानमा खटिएका डिएसपी रमेश थापाले बताए ।

प्रहरीले उनलाई समातेपछि, उनको नाम, घर कहाँ हो केही पनि थाहा थिएन, समाएपछि बल्ल हामी हामीले खोज्यौं, ती युवतीले अरु बेला अनेक नाम र ठेगाना भनेर ढाँटेको पाइयो’ अनुसन्धानमा खटेका अर्का प्रहरी निरीक्षक दुर्गा दाहालले भने । प्रहरीका अनुसार उनी सात वर्ष अघि काठमाडौं आएकी हुन् । उनी निम्नस्तरको परिवारमा जन्मेकी युवती हुन् । उनका बुबा भारतमा मजदुरी गर्छन् भने आमा घरै खेतबारी हेरेर बस्छिन्। उनका एक भाइ र एक बहिनी छन् । उनले  ७ कक्षासम्म मात्रै अध्ययन गरेको खुलेको छ। उनले ९ वटा मोबाइलका सिम बोकेकी छन् भने ३ वटा फेक फेसबुक आइडी खोलेकी छ सेतोपाटीमा खबर छ ।












Post a Comment

 
Top