0
गोल्डेन न्यूज संवाददाता
टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० मातहतमा रहेको कामना टोल विकास संस्था पोखरा १० को पाँचौं साधारणसभा एवम् महिला उपसमितिको प्रथम अधिवेशन  सम्पन्न भयो । टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले टोलको विकास गर्न टोलबासी आफै लाग्नुपर्ने र टोलमा भएका विकृति विसंगतिलाई निरुत्साहित पार्दै स्वच्छ समाज निर्माण गर्नुपर्ने भन्दै  वडा समन्वय समिति सधैं सहयोग गर्न तयार रहेको बताउ । उनले वातावरण स्वच्छ र हराभरा टोल बनाउन आग्रह गरे ।कार्यक्रममा कामनाटोल महिला उपसमितिको २ वर्षे कार्यकालको लागि प्रथम अधिवेशन समेत सम्पन्न भएको छ । सो अधिवेशन सम्पन्न गर्न टोल विकास संस्था कामना टोलका अध्यक्ष कृष्ण बहादुर थापालाई निर्वाचन अधिकृतमा चयन गरी जीवन बराल र दलबहादुर गुरुङ्गलार्य सदस्य रहेको समितिले पुनः सिमा गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष उमादेवी प्रधान, सचिव बसुन्धरा गुरुङ्ग, कोषाध्यक्ष राधा गुरुङ्ग र सदस्यहरुमा भिमकुमारी गुरुङ्ग, याचु कुमारी राजभण्डारी, रामप्यारी गुरुङ्ग, मैयादेवी थापा, सरस्वती ढुङ्गाना, शारदा केसी रहेका छन् भने सल्लाहकारहरुमा कृष्णकुमारी थापा, नन्दकुमारी गुरुङ्ग र नैना कुमारी गुरुङ्ग रहेका छन । कार्यक्रममा महिला नगर समन्वय समिति पोखराका अध्यक्ष पवित्रा गुरुङ्ग, दुचीटोल विकास संस्थाका अध्यक्ष किरण प्रसाद भट्टचन, कामनाटोल विकास संस्था महिला उपसमितिका सल्लाहकार कृष्ण कुमारी थापा, महिला उपसमिति अध्यक्ष सीमा गुरुङ्ग लगायतले आफ्नो विचार राख्दै टोलटोलमा महिला सीपमूलक तालिम दिनुपर्नेमा जोड दिएका थिए । सभामा संस्थाको सचिवको प्रतिवेदन सिमा गुरुङ्ग, कोषाध्यक्षको प्रतिवेदन दलबहादुर गुरुङ्ग र महिला समितिको सचिवको प्रतिवेदन बसुन्धरा गुरुङ्ग र कोषाध्यक्षको प्रतिवेदन सदस्य राधा गुरुङ्गले प्रस्तुत गरेका थिए ।

साधारणसभाका उपाध्यक्ष जीवन बरालले स्वागत गरेको कार्यक्रममा कामना टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला उपसमितिका नवनिर्वा्चित अध्यक्ष सीमा गुरुङ्गले आफ्नो २ वर्षे कार्यमा सबैलाई एकजुट गरि लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।










Post a Comment

 
Top