0
लेखनाथ नगरपालिका वडा नं. ८ शिशुवामा रहेको कञ्चनजङ्गा एकडेमिक सेन्टरमा शुक्रबार वातावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ नगरापालिकाको वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत विद्यालय अनुशिक्षण कार्यक्रममा लेखनाथ नगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरेले कार्यक्रमको सहजीकरण गर्दै वातावरण सफा राख्न समुदायका हरेक नागरिकको महन्वपूर्ण भूमिका रहने वताएका थिए । कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्दै चन्दा प्रजापतिले फोहोरको वर्गिकरण तथा व्यवस्थापनले वातावरण स्वच्छ हुने विश्वास व्यक्त गरेकी थिइन् । विद्यालयका कक्षा ९ र १० का करिब ७० जना विद्यार्थीहरुका निम्ति आयोजित कार्यक्रममा विद्यालयका निर्देशक सुरेन्द्रराज अधिकारी, सहायक प्रिन्सिपल बाबुराम पौडेल लगायतले स्वच्छ वातावरण बनाउन विद्यार्थीको अहम भूमिका रहनेमा जोड दिएका थिए । 

उक्त अवसरमा वातावरण सम्बन्धी एक वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । विद्यालय तहको वातावरण विषयमा समेत सहयोग पुग्ने गरी यस किसिमको कार्यक्रम आयोजना गरिएकोमा सहभागीहरुले धन्यवाद दिंदै कार्यक्रम उपलब्धिमूलक रहेको दावी गरे । 

यसैगरी रत्न शोभा उच्च मा.वि.माझठानामा उच्च मा.वि.तह अन्तरगत छात्रतर्फ भलिबल प्रतियोगिता सम्पन्न भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थी भाइहरुको शारिरीक तथा मानसिक विकास हुने कुरामा जोड दिंदै सप्पूर्ण खेलाडीहरुले अनुशासन सित उत्कृष्ट खेल खेलेकोमा प्रशन्नता व्यक्त गर्दै प्रथम हुने राजेश थापा मगरको  समूहलाई बधाई दिएका थिए । सो कार्यक्रममा उच्च मा.वि. संयोजक काली प्रसाद भूर्तेलले सबै विद्यार्थीहरुलाई विद्यालयले आयोजना गर्ने शुक्रवासरीय अतिरिक्त क्रियाकलापमा सहभागी हुन आग्रह गदै भलिबल प्रतियोगितामा  उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खेलाडीहरुलाई धन्यवाद दिएका थिए । त्यस्तै उच्च मा.वि. तहमा अध्यापन गराउने शिक्षक सत्यराज कंडेलले स्वागत मन्तव्य तथा  शिक्षक प्रकाश न्यौपानेले प्रतियोगिताको स्कोरको रेकर्ड राखेका थिए । शिक्षक तथा रेफ्री रवि मोहन बास्तोलाले खेलाडीहरुलाई नियम सम्बन्धि जानकारी गराएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य लिल बहादुर थापाको सभापतित्वमा सप्पन्न भएको सो  कार्यक्रम उच्च मा.वि. तहमा अध्यापन गराउने शिक्षक ऋषिराम रानाभाटले गरेका थिए









Post a Comment

 
Top