0
तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता एवम् वार्ता टोलीका सदस्य रामनरेश रायले मोर्चामा चार पार्टी रहेकाले कार्यदलमा नाम पठाउँदा चार जनाको नाम पठाउने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘सरकारले मागेजस्तो एक जनाको मात्र नाम पठाउँदैनौँ। मोर्चामा छलफल गरी मंगलबार राति वा मङ्गलबार ११ बजेसम्म निर्णय गरी नाम पठाउने कि नपठाउने भन्ने विषयमा मोर्चाले निर्णय लिन्छ।’ उनले सरकार वार्ताबाट भाग्न खोजेको आरोप लगाउँदै मोर्चा वार्ताको पक्षमा छ भन्ने सन्देश दिन सरकारले जहाँ वार्ताका लागि बोलाउँछ त्यहाँ वार्तामा बस्नुपर्ने धारणा राखे। उनले ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै नाका आन्दोलन पनि जारी रहने स्पष्ट पारे। 

सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाको अनुभव र आचारसंहिता अनुसार नै आफ्नो पार्टीले अलग आन्दोलन गरेको बताउँदैै यसको कारण मोर्चा नफुट्ने दाबी गरे। उनले राजेन्द्र महतोमाथि भएको आक्रमणमा राज्यले माफी नमागेसम्म आफूहरु कुनै पनि वार्तामा सहभागी नहुने स्पष्ट पारे।

Post a Comment

 
Top