0
राजाराम पौडेल÷गोल्डेन
लोप हुने अवस्थामा पुगेको गन्धर्व संस्कृति संरक्षण गर्ने अभियानमा सारङ्गीवाधक धनबहादुर गायक लागेका छन् । यो संस्कृतिको संरक्षण गर्न भनेर वि.स. २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण पाठशाला उनको पहलमा स्थापना भएको थियो । सुरुमा दुईवटा सारङ्गी मात्र भएको पाठशालाको सुरुवात गरिएको थियो । सारङ्गी थोरै भएर सिकाउन समस्या भएपछि पाठशालाका पहिलो संरक्षक रहेका अलिमिया लोक वाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले १० वटा सारङ्गी किनिदिए । पुनः सिक्नेको संख्या बढे पछि मियाले नै ८ वटा सारङ्गी, ७ वटा मादल, १९ थान डूेस सहयोग गरेकोले सहज भएको उनले जनाए । ‘सारङ्गी बाजा लगायत गन्धर्व संस्कृति लोप हुने अवस्थामा पुगेकोले यस्लाई जोगाउन खोजेको छु’,उनले भने–‘यो अभियानमा विभिन्न व्यक्ति र संघसंस्थाले साथ दिएका छन् ।’
एक समय ५० को हाराहारीमा गन्र्दभले आफ्नो संस्कृति अनुसार सारङ्गी बजाएर जीवीकोपार्जन गर्दै आएपनि हाल यो संख्या झण्डै शून्यमा पुगेको छ । पुराना पुस्ताका केहि व्यक्ति यो पेशामा निरन्तर लागेपनि नयाँ पुस्ताले यो पेशालाई अगाल्न नखोज्दा यो पेशा संकटमा परेको उनको भनाइ छ । पछिल्लो समयमा सारङ्गी बाजा र यो संस्कृतिलाई निरन्तरता दिदै आएका खिमबहादुर गन्दर्भ र गणेश गायक अस्वस्थ भएर बाहिर गाउँदै हिंड्न नसक्ने अवस्थामा पुगेकोले घर गाउँमा गाउदै हिड्नेहरु पूर्ण रुपमा नभएको उनले जनाएका छन् । ‘नयाँ पुस्ता यो पेशा अगाल्न तयार छैनन्’–उनले भने । 
हुन त अहिले उनको पाठशालामा ३० जनले सारङ्गी सिक्दै छन् । उनीहरु यो पेशा अँगाल्न भन्दा शोखको कारण सिक्ने गरेकोले समस्या परेको उनको गुनासो छ । ‘चामल, धान पैसा लिएर काम गर्न पछिल्लो पिडि तयार छैनन्’ उनले थपे  ‘राज्यले संरक्षण पनि गरेन ।’
त्यसो त विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सवमा सारङ्गी मादल बजाउँदा राम्रो कमाइ हुने भएकोले दिनदिनै घर गाउँमा गाउदै हिड्ने क्रम नभएको उनको बुझाइ छ । पहिला गन्धर्वलाइ मात्र केन्द्रित गरेर पाठशाला खोलेपनि अहिले सबैलाई सिकाउन थालेको उनले बताए । हालसम्म पाठशालाबाट झण्डै एक सय पचास जनालाई सिकाइसकेको उनले जनाए । 
गन्धर्व संस्कृति संरक्षणका लागि  गन्धर्व संग्रालय भवन पोखराको बाटुलेचौरमा उनको नेतृत्वमा बन्दैछ । संग्रालयमा गन्धर्व संस्कृतिका पुराना झलकहरु राखिने लक्ष्य आफूहरुको भएको उनले बताए । भवन निर्माणका लागि सभासद कुमार खड्काको पहलमा ३ लाख ५६ हजार रुपैया सहयोग प्राप्त भएको छ । 
पोखरा १६ बाटुलेचौरमा बुबा बखतबहादुर र आमा चदरी गायकको पहिलो सन्तानको रुपमा आजभन्दा झण्डै ५३ वर्ष अगाडि धन बहादुर गायकको जन्म भएको थियो । बाल्यकालदेखि साँगीतिक क्षेत्रमा रुचि उनले राख्थे । स्कुल पढ्ने क्रममा स्कुलमा आयोजना हुने कार्यक्रममा भाग लिने उनले गरे । यस्ता कार्यक्रममा प्राप्त गरेका पुरस्कार र दर्शकको मायाले उनलाई यसै क्षेत्रमा लाग्ने उत्पेरणा मिल्न पुग्यो । त्यस समयमा पोखरामा गन्धर्व संस्कृतिको लोकप्रियता उचाइमा थियो । घर गाउँमा सारङ्गी बजाउँदै गीत गाउने र प्राप्त नगद र खाद्यान्न सामाग्रीबाटै जीविकोपार्जन गन्धर्व समुदायले गर्ने गर्दथे । 
वि.स.२०३१ सालमा लेकसाइमा गीत गाउँदै हिंड्दा पोखरा बसपार्क पुगेका उनलाई बसका चालकले नेपाल जाने हो भाइ भनेर सोध्यो । अनि घरपरिवारलाई थाहै नदिइ भागेर साथी वयनबहादुर गायक र उनी  नेपाल हानिए । त्यतिबेला उनीसँग १७ रुपैयाँ र सारङ्गी मात्र थियो । बसले काठमाडौंको सुन्धरामा लगेर झारिदियो । बस भाडा लागेन । त्यतिबेला झलकमान गन्धर्व रेडियो नेपालमा कार्यरत थिए । सुन्धाराबाट सिधै ट्याक्सी चढेर रेडियो नेपाल गए । त्यहा गणेश परियार, मिरा राणा, जितबहादुर गन्धर्व, झलकमान गन्धर्व लगायतलाई उनीहरुले भेटे ।
भोलिपल्ट यो मायाले साहिली, रेलमा सल, हेरदाई पुतली उड्यो फरर रेडियो नेपालमा लाइभ रेर्कड गरे । पाँच वर्ष उनी काठमाडौँ बसे । उनले काठमाडौं गएको केहि दिनमानै राष्ट्रिय नाचघरमा जागिर पाए । बाल कलाकारका रुपमा शुक्रबार र शनिबार  सारङ्गी, मादल बजाउने र गीत गाउने उनले गरे ।  वि.स.२०३६ सालमा पोखरा फर्किएका उनले  वि.स. २०३७ मा ‘नरोउ मायालु’ बोलको गीत रेर्कड गरे । शब्द लय उनकै रहेको गीतमा आवाज पाण्डव सुनुवारले भरेका थिए । 
त्यस्तै उनकै शब्द, लयमा ‘फूल माया नभुल’ र ‘बेली र चमेली’ बोलको गीत रेर्कड भयो । जुन गीतमा आवाज प्रविण गुरुङले भरेका थिए । पोखरा फर्किएसँगै डाँफे कला मन्दिरमा जागिर उनले पाए । १४ वर्षसम्म त्यहाँ काम गरी आफूमा निखारता उनले प्रदान गरे । काम सिक्ने मौका, नृत्य गर्ने, नाटक खेल्ने, फिल्म खेल्ने मौका पाएका उनले त्यही नृत्य सिकाउन शुरु पनि गरे । 
उनले केही गीत रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा लाइभ रेर्कड गराएका छन् । साँझको बेला रमाइलो मेला, चञ्चले टाढा माया पुग्दैन गम्छाले, देउसी भैलो गीत, तीज गीतका अलावा मैले माया बोदको झ्याउरे गीत उनले त्यहा रेर्कड गरे ।  हालसम्म झण्डै डेढ दर्जन गीत उनले रेर्कड गरिसकेका छन् । उनी पोखरा लोक संगीत समूहका अध्यक्ष र झलकमान गन्धर्व राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण पाठशाला अध्यक्ष हुन् । हिमाली साँस्कृतिक समूह, संगीत प्रशिक्षण केन्द,्र पोखरेली युवा साँस्कृतिक परिवार, शुक्ला साहित्य समिति गन्धर्व समाज, गन्धर्व सग्रालय भवन निर्माण समिति, लोकदोहोरी गीत प्रतिष्ठान कास्की लगायतका संस्थामा उनी आवद्ध छन् । अब छिट्टैने नाच्न मिल्ने खालका १२ गीत रेकडिङ गरेर एल्बम बजारमा पस्कने योजना उनले बनाएका छन् । उनी नेपाली फिल्म कान्छी, सन्तान, पहिलो प्रेम, के घर के डेरा, फेरी भेटौला, सिन्दुर, जापानिज छोटो फिल्म पिपलडाँडा लगायतमा नृत्य र सारङ्गी बाधकको रुपमा देखिएका छन् । साँगीतिक र साँस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न साहित्यिक सामाजिक संघ–संस्था र सञ्चार माध्यमले उनलाई सम्मान गरिसकेका छन् ।
वि.स.२०३६ सालबाटै स्कुलमा सारङ्गी मादल सिकाउदै  आएका उनले सूर्योदय बोडिङ स्कुल, भानुभक्त बोडिङ स्कुल, प्रगति बोडिङ स्कुल, गोरखा बोडिङ स्कुल, हिल पोइन्ट बोडिङ स्कुल,  मनकामना बोडिङ स्कुल, गण्डकी बोडिङ स्कुल लगायतमा आवद्ध भै सारङ्गी, मादल सिकाइसकेका छन् ।  हाल उनले पोखराको प्रतिभा उच्च मावि र अन्नपुर्ण बाल आश्रममा सारङ्गी र मादल बजाउन सिकाउने गर्दछन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top