0
अमेरिकाबाट केहि दिनको बिदामा स्वदेश आएका फुटवल प्रशिक्षक प्रदिप हुमागाइ यति वेला पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा व्यस्त रहेका छन् । अमेरिकामा रहेको वेष्ट ह्याम युनाईटेड क्लवको कि स्टोन एथ्लेटिक्स एकेडेमीमा फुटवल प्रशिक्षण गराउँदै आएका हुमागाई एक महिनाको विदामा नेपाल आएको समयलाई स्वयंसेवकको रुपमा सहारा एकेडेमीमा रहेका वालहरुलाई फुटवल खेलको प्राविधिक ज्ञान दिन यति वेलाव्यस्त रहेका हुन्। गत आईतबार एकेडेमीमा आएका हुमागाई आगामी शुक्रबारसम्म एकेडेमीमै रहेका वालकहरुलाई विहान र वेलुका गरी दिनको दुई समयमा फुटवल खेलको प्राविधिक ज्ञान दिंदैछन । एएफसीको सी, एएसीको बी, अमेरीकामा मिडफिल्ड क्लिनिक प्रशिक्षक समेत गरेका उनले काठमाण्डौमा विश्वबिद्यालयमा केहि समय प्रशिक्षण गराए पश्चात ४ महिना हिमालयन शेर्पाबाट फुटवल प्रशिक्षकको ईन्टनशिप गरेका थिए भने थ्री स्टार क्लवमा केहि समय प्रशिक्षणको जिम्मेवार समेत सम्हालेका थिए । विगत दुई बर्ष देखि अमेरिकामा रहेका हुमागाईले सहारा क्लवद्धारा संचालित एकेडेमिमा रहेकावालक हरु निकै अनुशासित तथा फुटवल खेलप्रति जिज्ञासु भएको कारणले गर्दा आफूलाई प्रशिक्षण गराउन  पाउँदा थप हौसला मिलेको समेत उनले बताए । उनले भने–“म नेपालमा विदाको समयमा आउदा यस्ता एकेडेमीहरुमा प्रशिक्षण गराउन पाउनु मेरो लागि गर्वको कुरा हो, यस्तो अभियानलाई मैले जीवन्त राख्ने छु, अर्को पटक नेपाल आउदा कुनै पनि यस्ता एकेडेमीहरु मा मेरो खाँचो छ भने पनि मैले सहयोग गर्न तयार छु ।” थ्रीस्टारलाई लिग विजेता गराउन महत्वपूर्ण भूमिका खेल्दै उत्कृष्ट कोच समेत बन्न सफल भएका हुमागाईले २०५३ साल देखि फुटवल खेलमा लागेपछि विगत ३ बर्ष देखि प्रशिक्षणको भुमिका निभाउदै आएका छन ।थ्रि स्टार सम्हालेको छोटो समयमा उनले लिग विजेता हँुदै, आहा रारा गोल्ड कप, उदयपुर गोल्ड कप सहित अन्य उपाधि जिताउन सफल भएका थिए ।
नेपाली फुटवल खेलमा एन्फा विवाद र खेलाडीको म्याच फिक्सिङको बारेमा खुलेर बिरोध नगरे पनि उनले विदेशमा नेपाली फुटवल खेलको बद्नाम भएकोले अब सकरात्मक ढंगले अगाडि बढाउनु पर्ने बताए । उनले भने “फुटवल विकासमा अब सवै सकरात्मक ढंगले सोच्दै अब राम्रो गर्नुपर्दछ ।” एकेडेमीमा रहेका वालकहरुलाई मुख्य प्रशिक्षण गराउँदै आएका किरण श्रेष्ठको समन्वयमा विभिन्न प्रशिक्षकहरुबाट समय समयमा यसरी एकेडेमीमा प्रशिक्षण गराउँदै आएको क्लवका  अध्यक्ष वीरभद्र आचार्यले बताए । एकेडेमीका रहेका वालकहरुको स्तर उन्नति गर्नुको साथै नयाँपन दिनका लागि यस्तो प्रशिक्षण आवश्यक भएको आचार्यले बताए । एकेडेमीमा हाल १६ जिल्लाका २६ जना बालकहरु रहेका छन । आहारारा गोल्ड कपको बचत रकम सहित स्वदेशी तथा विदेशी दाताले दिएको सहयोगले एकेडेमीमा रहेका वालकहरुको भरणपोषण हँुदै आएको छ । 
(सुदर्शन रञ्जितबाट)














Post a Comment

 
Top