0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा पिस सिटी र माछापुच्छ«े बैंक कर्मचारी संघको संयुक्त आयोजनामा चितवनको काउले गाबिस १ र २ एवं सिद्धि गाबिस ८ र ९ का चेपाङ बस्तीमा ब्लाङकेट र न्यानो कपडा बितरण गरिएको छ । शुक्रवार काउले १ जाईथलीमा आयोजित एक कार्यक्रममा ५० थान ब्लाङकेट र करीव २५० जनालाई न्यानो कपडा वितरण गरिएको कार्यक्रमका संयोजक लायन्स क्लब अफ पोखरा पिस सिटीका तृतीय उपाध्यक्ष किशोर मोहन भट्टराईले जानकारी दिए । कार्यक्रममा ब्लाङ्केट र न्यानो कपडा बितरण गर्दै लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीले आर्थिक अवस्था कमजोर भएका चेपाङ बस्तीमा आएर मानवीय सेवाका काम गर्न पाएकोमा आफू गौरवान्वित भएको बताए । 
कार्यक्रममा माछापुच्छ«े बैंक कर्मचारी संघका अध्यक्ष बिकास श्रेष्ठले कष्टपूर्ण रुपले जीवनयापन गर्दै आएका समुदायलाई खुल्ला ह्दयले सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा थप अन्य किसिमको राहत कार्यक्रम लिएर आउने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रमको संयोजन गरेका चेपाङ जाति उत्थानका प्रणेता के पी किरण शर्माले भोकै र नाङ्गै सुत्नुपर्ने अवस्थाका चेपाङलाई राहतको कार्यक्रम लिएर आएकोमा आभार ब्यक्त गरेका थिए । उनले भने–“मैले चेपाङ जातिको उत्थानको लागि करिव एक दशक देखि कार्य गर्दै आएको छु, पोखराको टोली हामीसँग सहकार्य गर्न आएको यो नै पहिलो पटक हो” मलाई आशा छ पोखरेलीहरु सहयोगी मनका हुन्छन, एक पटक क्याम्पेन गर्न सम्पूर्णलाई आग्रह गर्दछु । ब्लाङकेट र न्यानो कपडा पाए पछि खुशी ब्यक्त गर्दै सिद्धि ८ का चेपाङ समुदायका अगुवा यमप्रसाद चेपाङले जाडो छल्न साह्रै नै मुस्किल भएको थियो, यस अभियानले केहि मात्रामा भएपनि राहत मिलेको बताए । 
यसैगरि काउले १ जाईथलीका ७४ बर्षिय चन्द्र बहादुर परियारले मलाई अच्छा लाग्यो, जाडोमा लगाउने कपडा थिएन, यिनै लुगामा जाडो कटाउँदा गाह्रो भएको थियो अब त बाचिन्छ की जस्तो लाग्यो । कार्यक्रम माछापुच्छ«े बैंक कर्मचारी संघका महासचिव राजकुमार कार्कीले संचालन गरेका थिए ।












Post a Comment

 
Top