0
गोल्डेन न्यूज संवाददाता
दि हिमालयन टाइम्सका युवा पत्रकार रुपनारायण ढकाल र फोटो पत्रकार राम गुरुङ बुधबार सम्मानित भएका छन् । कास्कीको उत्तर पूर्व भाचोक गाविसमा अवस्थित भाचोक गाउँको पर्यटकीय विकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याए वापत ढकाल र गुरुङलाई सम्मान गरिएको हो । लम्तरी युवा क्लब, नादा माँ आमा समूह र सृजनसिल आमा समूहद्वारा सम्मान गरिएको सो कार्यक्रममा समाजसेवी कल्याण गुरुङले आगामी पनि भाचोकको विकासमा सहयोगको अपेक्षा गरेका थिए । यही पुस १४ र १५ गते विगत वर्षहरुमा झैं भाचोकमा ल्होसार मेला २०७२ आयोजना गरिएको थियो । लम्तरी युवा क्लबले यो मेला आयोजना गरेको हो । पर्यटकीय गाउँ भाचोक पछिल्ला वर्षहरुमा होम स्टेको लोकप्रिय गन्तव्यको रुपमा चर्चित हुँदै गएको छ । 
बुधबार नादा तमू समाज पोखराको सभाहलमा आयोजित सम्मान कार्यक्रममा लम्तरी युवा क्लबका अध्यक्ष डिल्लीजङ गुरुङले पत्रकार समाजको ऐना भएको भन्दै भाचोकको पर्यटकीय विकासमा दिएको योगदानको प्रशंसा गरेका थिए । क्लबका उपाध्यक्ष पवित्रा गुरुङले आगामी दिनमा पनि सञ्चारमाध्यमबाट कास्कीबाट ३३ किलोमिटर टाढा नभएको भन्दै पोखराकै पर्यटकीय विकासमा टेवा दिनेमा आफू विश्वस्त भएको बताइन् । 
सृजनसिल आमा समूहकी अध्यक्ष मायाँ गुरुङ, नादा माँ आमा समूहकी अध्यक्ष दिलशुभा गुरुङ सहभागी कार्यक्रममा प्रमाणपत्र, खादा र अविरले सम्मान गरिएको थियो । पत्रकार ढकाल विगत १८ वर्षदेखि र गुरुङ विगत १२ वर्षदेखि निरन्तर पत्रकारिता गर्दैै आएका छन् ।

Post a Comment

 
Top