0
नदीमा जलप्रवाह घटेको र विद्युत्मा निर्भरता बढ्दै गएको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय बढाएको छ । प्राधिकरणका अनुसार सोमबारबाट लागू हुनेगरी नयाँ तालिका सार्वजनिक गरेको छ । पछिल्लो तालिकाअनुसार सोमबारबाट दैनिक १२ घन्टा विद्युत् कटौती हुनेछ । यसअघि दैनिक ११ घन्टा विद्युत्भार कटौती हुँदै आएको थियो । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादनमा कमी आएको र विद्युत्को माग अत्यधिक बढेका कारण विद्युत्भार कटौतीको समय बढ्न गएको हो । उनले हाल मुलुकभर एक हजार २७५ मेगावाट विद्युत्को माग रहेकामा सञ्चालनमा रहेका आयोजनाबाट ३१० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ । भारतबाट २३५ मेगावाट विद्युत् आयात भइरहेको छ । केन्द्रीय प्रणालीमा ७२० मेगावाट विद्युत् अपुग हुँदै आएको छ । 

मुलुकभर सञ्चालनमा रहेका अधिकांश आयोजना नदी प्रवाहमा आधारित छन् । प्राधिकरणको जलाशयुक्त आयोजनाका रुपमा रहेको कुलेखानी प्रथम ६० मेगावाट र ३२ मेगावाटको कुलेखानी दोस्रो भने सञ्चालनमा ल्याएको छैन । 

हाल मुलुकभर ४८ आयोजना सञ्चालनमा रहेका छन् । तीमध्ये गत वैशाखको गोरखा भूकम्पका कारण माथिल्लो भोटेकोसी अवरुद्ध भएको छ । सो आयोजनाबाट ४५ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो । निजी प्रर्वद्धकले उत्पादन गर्दै आएको १०६ मेगावाट विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट कटेको छ । पछिल्लो दिनमा खाना पकाउने ग्यासको अभावका अधिकांश उपभोक्ता विद्युत्मा भर परेका छन् । विद्युत् कटौतीको समय बढेपछि उपभोक्ता थप मारमा पर्ने भएका हुन् । 

ट्रान्सफर्मर र कन्डक्टर जलेर समस्यामा पर्दै आएका उपभोक्तालाई प्राधिकरणको पछिल्लो तालिकाले थप पीडा दिने र समस्यामा पार्नेछ । प्राधिकरणले जलेका सामग्री मर्मतमा ध्यान नदिएको गुनासो बढिरहेका बेला थप विद्युत् कटौतीको तालिका भने अर्को अप्रिय बन्ने देखिएको छ । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हरेकसो सार्वजनिक कार्यक्रममार्फत एक वर्ष्भित्र लोडसेडिङ अन्त्य गर्ने भाषण गर्दै आएकामा उनकै मन्त्रीपरिषद्का एक जना वरिष्ठ मन्त्रीले शतप्रतिशत रुपमा लोडसेडिङ अन्त्य गर्न सम्भव नरहेको बताएका छन्। उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री  टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङ पूर्ण रुपमा अन्त्य हुने कुरा अहिले नै ग्यारेण्टी गर्न नसकिने बताए। 

रिपोर्टस क्लबले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उपप्रधानमन्त्री तथा उर्जामन्त्री  रायमाझीले मन्त्रालयले एक वर्ष्भित्र सम्पन्न हुने, बिग्रिएका र विवादमा रहेका आयोजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने योजना बनाइरहेको भन्दै विद्युत आयोजनाबाट मात्र एक वर्षमा लोडसेडिङ अन्त्य गर्न नसकिने  बताए। उनले लोडसेडिङ अन्त्यका लागि सोलार प्रविधि पनि अपनाउनुपर्ने तर सोलार प्रविधि भरपर्दो नभएकाले अहिले नै एक वर्षभित्र पूर्णरुपमा लोडसेडि हट्छ भनेर घोषणा गर्न नसकिने बताए। उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री रायमाझीले लोडसेडिङको समय अझै बढ्ने बताए।

उनले आमजनताले हिटर बाल्ने क्रम बढ्नाले विद्युत प्राधिकरणका ट्रान्सफर्मर दिनको १५ वटाका दरले पड्किइरहेको भन्दै लोडसेडिङको समय बढाउनुको विकल्प नरहेको बताए। यद्यपी, उनले लोडसेडिङ अन्त्यको प्रयासस्वरुप उर्जा संकट निवारणकाल घोषणा गरेर विद्युत उत्पादनको कामलाई तिब्रता दिने गरी मन्त्रालयले योजना बनाइरहेको र उक्त योजना पुस मसान्तसम्म सार्वजनिक गरिने बताए।  े











Post a Comment

 
Top