0
गोल्डेन न्यूज संवाददाता
भारतमा हुने १२औं दक्षिण एशियाली खेलकुदमा सहभागी हुने ह्यान्डबल र उसु खेलको बन्द प्रशिक्षण समेत पोखरामा नै हुने भएको छ । प्रशिक्षणका लागी टोली बुधबार पोखरा भएका छन् । बन्द प्रशिक्षणका लागि २८ खेलाडीसहितको टोली पोखरा आएको हो । त्यसअघि टोली उपत्यकामै प्रशिक्षणरत थियो । पुरुष÷महिलाको खेलाडी संख्या समान १४–१४ रहेको छ । ह्यान्डबल ११औं सागदेखि समावेश भएको थियो । 

त्यसबेला पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । महिलाको स्पर्धा पहिलोपटक थपिएको हो ।टोली वैदेशिक प्रशिक्षणका लागि भारतको पटियाला जाने कुरा भइरहेको ह्यान्डबल मुख्य प्रशिक्षक अरुणलाल कर्णले जनाएका छन् । ‘हामीले पटियालामा पत्र पठाएका छौं । त्यहाँबाट पत्रको जवाफ आएपछि जाने÷नजाने विषयमा टुंगो लाग्नेछ ।’ कर्णले भने– ‘नजाने भइयो भने हामी पोखरामै एक महिनासम्म प्रशिक्षण गर्ने छौं ।’मुख्य प्रशिक्षक कर्णले फ्रान्सबाट विदेशी प्रशिक्षक लरेन्ट बाउड जनवरी १६ तारिखमा आउने छन् । कर्णका अनुसार पटियालामा प्रशिक्षणको व्यवस्था मिलेको बाउड दिल्लीबाटै पटियाला जाने छन् । 

नमिलेको खण्डमा बाउड नेपाल आउने छन् । पुरुष टोलीले रंगशाला र महिला टोलीले एपीएफमा प्रशिक्षण गर्ने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच बिदाइ गरे ।
यसैवीच भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने उसु खेलाडी टोलीलाई प्रोत्साहन स्वरुप बुधबार ट्रयाकसुट प्रदान गरिएको छ । नेपाल उसु संघले सागमा सहभागी हुने १७ खेलाडीलाई ट्रयाससुट प्रदान गरेको हो । त्यस्तै उसु संघका उपाध्यक्ष राजीव महर्जनले सबै खेलाडीलाई टिसर्ट उपलब्ध गराएका छन् । सोही अवसरमा खेलाडीलाई प्रेरित गर्ने गीतको पनि विमोचन गरिएको थियो । ‘जाउ अघि बढ’ बोलको गीतको गायक, रचनाकार र संगीतकार निमा रुम्बा हुन् । गीतको भिज्युलमा एकेडेमीका संस्थापक एवं उसु प्रशिक्षक पञ्चमान महर्जन र ११ औं सागकी रजत विजेता झरना गुरुङले अभिनय गरेका छन् । 

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गीतको विमोचन गरे ।गीत विमोचनपछि रुम्बाले खेलाडीका रुपमा नभएपनि कुनैकुनै रुपमा २५ वर्षअघिदेखि खेलकुदसंग साइनो रहेको बताउँदै खेलाडीलाई प्रेरित गर्ने खालको गीत तयार गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा रुम्बाले आफ्नो पहिलो एल्बम तयार गर्न पञ्चमानले आफ्नो हातबाट सुनको औठी निकालेर देको स्मरण गर्न भुलेनन् ।


Post a Comment

 
Top