0
गोल्डेन न्यूज संवाददाता
नवोदित गायिका माया पुनको पहिलो गीत तथा म्युजिक भिडियो मङ्गलबार पोखरामा सार्वजनिक भएको छ । ‘मसँग नेपाली मन छ’ बोलको गीत गायक कर्ण दासले सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक गर्दै गायक दासले भारतीय नाकाबन्दीको समयमा सार्वजनिक गरिएको गीतले राष्ट्रप्रेमको आवाज उठाउने प्रयास गरेको बताउनुभयो । गायिका पुनले गीतलाई उत्कृष्ट बनाउनका लागि आफूले सक्दो प्रयास गरेको बताए । मन क्षेत्रीको शब्दमा अर्जुन पोख्रेलले संगीत गरेको गीतको म्युजिक भिडियो अपिल त्रिपाठीले निर्देशन गरेका हुन् । भिडियो फलानो क्रियशनले तयार गरेको हो । भिडियोमा केकी अधिकारी, मिलन थापा र बाल कलाकार मन्दीप क्षत्रीले अभिनय गरेका छन् । भिडियोमा सरोज अधिकारीको छायाङ्कन र सुवास अम्गाईलेसम्पादन गरेका छन् ।



Post a Comment

 
Top