0
गोल्डेन न्यूज संवाददाता
कास्कीको थुम्की गाविसमा रहेको कालिका माविको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले विद्यालयको भौतिक र शैक्षिक विकासको लागि आफूले सक्दो प्रयास गर्ने बताए । उनले शैक्षिक गुणस्तर उत्पादन गर्नुपर्ने बताउदै योग्य जनशक्ति बन्नको लागि जग नै सक्षम हुनुपर्ने स्पष्ट पारे । सक्षम जगको रुपमा विद्यार्थी उत्पादन गरि देश निर्माणमा कालिका माविले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाई थियो ।
यस्तै नेपाली काँग्रेस कास्कीका सभापति एवं सांसद यज्ञबहादुर थापाले पूर्वी कास्कीमा रहेको कालिका माविले यो क्षेत्रमा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै थापाले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना पनि गरे ।
त्यस्तै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल, श्रोत व्यक्ति हिमराज आचार्य, सल्लाहकार संयोजक कृष्ण मुरारी खनाल लगायतले शुभकामना सहित विद्यालयको प्रगतिको कामना गरेका थिए । कार्यक्रममा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको विद्यालयका शिक्षक दिलिप खनालले जानकारी दिए । वार्षिकोत्सबको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त अवसरमा विद्यालयका प्रधानध्यापक मुनिन्द्र मास्केले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक ज्ञानेन्द्र पौडेलले गरेका थिए ।












Post a Comment

 
Top