0
गोल्डेन न्यूज संवाददाता
अनेरास्ववियु भूगोल कमिटीको नेतृत्वमा पोखराको पृथ्वीनारायण क्याम्पसमा बुधबार ग्यास वितरण गरिएको छ । कमिटीले पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु लाई परिचय पत्रको आधारमा गृहलक्ष्मी कम्पनीका २ सय ५० वटा ग्यास वितरण गरेको हो । विभिन्न विद्यार्थी संगठनको रोहवरमा आधा सिलिन्डरको ग्यास ७ सयको दरमा उपलब्ध गराइएको कमिटीले जनाएको छ । अनेरास्ववियु कास्की भुगोलका अध्यक्ष शेखर गौतमले पहिलो क्रेता आशबहादुर थापालाई ग्यास हस्तान्तरण गरेका थिए । नाकाबन्दीका कारण ग्यास अभाव भएको अवस्थामा विद्यार्थीहरुलाई सहज होस भन्ने अभिप्रायले ग्यास वितरण गरेको अनेरास्ववियु भुगोल कमिटीका अध्यक्ष शेखर गौतमले बताए । विद्यार्थीलाई उपलब्ध गराउने प्रतिवद्धता सहित अनेरास्ववियु भुगोल कमिटीले विभिन्न डिपोहरुसँग विद्यार्थीलाई कोटा प्रणाली अन्तर्गत केही ग्यास उपलब्ध गराउन आग्रह गरेको छ । कमिटीले आगामी दिनमा विभिन्न डिपोहरुसँग सहकार्य गरेर पोखराका अन्य क्याम्पसहरुबाट समेत विद्यार्थीलाई ग्यास वितरण गर्ने जनाएको छ ।


















Post a Comment

 
Top