0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा मिड टाउनको वनभोज, छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । क्लबको वार्षिक विभिन्न कार्यक्रम अन्तर्गत पोखराको अर्मलामा शनिबार पारिवारिक वनभोजन तथा अन्तक्र्रिया कार्यक्रम गरिएको अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए । कार्यक्रममा बोल्दै लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी वान रिजन थ्रिका चेयर पर्सन गौरवराज भण्डारीले लायन्स क्लबले सामाजिक क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । लायन्स क्लब जोेन ५ का एमजेएफ मदन द्वाले लायन्स क्लब अफ पोखरा मिड टाउनले गरेका गतिविधिहरु सामाजिक हितमा रहेको भनाइ राखे । उक्त अवसरमा २३ परिवारका करिब एक सय जना सहभागी रहेको कार्यक्रम संयोजक विजय पाठकले जानकारी दिए । कार्यक्रम सफल पार्न पाठकको संयोजकतवमा  ठाकुर अधिकारी र दीपेन्द्र आचार्य सदस्य रहेको समिति गठन गरिएको थियो । उक्त अवसरमा क्लबका सदस्यका परिवारबीच परिचयात्मक कार्यक्रम पनि भएको सचिव विश्वास भण्डारीले जानकारी दिए ।

Post a Comment

 
Top