0
गोल्डेन न्यूज संवाददाता
रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी १७ औं पोखरा सडक महोत्सवमा दर्शकको भिड बढेको छ । पुष १५ गते सार्वजनिक बिदा परेकाले पनि सडकमा दर्शकहरुको घुंइचो लागेको थियो । त्यस्तै बिहीबार नयाँ वर्षको स्वागततार्थ युवाहरु लेकसाइडमा जम्मा भए । बिहीबार दिउसो याक डान्स, गुरुङ्गको छ्याडु, नौमति पञ्चे बाजा लगायतले सडक रन्काएको थियो भने गौरीघाटमा राम लामा समूहको प्रस्तुति रहयो । स्कोन नेपालका हरे रामा हरे कृष्णको प्रस्तुतिले पनि फरक रौनक दिएको थियो । बिहीबार दिउँसो बसुन्धरा पार्कमा पशुपति शर्मा, सिर्जना बिरही, जिवन दाहाल, सरला पाण्डे, चोलेन्द्र पौडेल लगायतले लोकदोहोरी प्रस्तुत गरे भने जितु नेपालले दर्शक हँसाए । दार्जलिङका बिपुल क्षेत्री, अनुप प्रस्ता, डि–नाइन, मंकि टेम्पल लगायतको प्रस्तुतिले दर्शकहरु झुमाएको पप् कार्यक्रम संयोजक श्रीराम गिरीले बताए ।

अंग्रेजी नयाँ वर्षको स्वागतार्थ बसुन्धरा पार्कमा आयोजित समारोहमा रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा शुभ–कामना प्रदान गरे । राजनीतिक तथा प्राकृतिक कारण वर्ष २०१५ मा नेपाली जनताले धेरै दुःख पाएको भन्दै वर्ष २०१६ ले नेपालीमा हर्ष र उमंगको उपहार ल्याउला भन्ने आशा व्यक्त गरे । विभिन्न समस्या र चुनौतीका वावजुद हामीले यो महोत्सव आयोजना ग¥र्यौ, दर्शक तथा  अवलोकनकर्ताहरुको आगमनले हामीमा हौसला मिलेको छ’–महोत्सव संयोजक दोर्जे लामाले बताए ।  










Post a Comment

 
Top