0
गोल्डेन न्यूज संवाददाता
बुद्व विशाल व्यापारिक एशोसियसनको १७औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट प्रदिप कुमार मुल्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्ष शिव शर्मा, महासचिव केशव बहादुर खत्री, सचिव इन्द्रराज अर्याल, कोषाध्यक्ष बुद्धि बहादुर कँुवर सदस्यहरुमा राजु केसी, दुर्गा राज बराल, थमनसिंह गुरुङ, विष्णु पोखरेल, बालाहरि बराल, सन्तमान श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्र्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले विशाल बजारलाई समय अनुसार आधुनिक र सुविधा सम्पन्न बनाउनु पर्ने बताए । कार्यक्रममा कपडा व्यवसायी एशोसिएशनका  अध्यक्ष यामनाथ तिमल्सिना, पश्मिाञ्चल अटो मोबाइल्स डिलर एसोसिएसनका अध्यक्ष माधव पौडेल, पोखरा हार्डवयर एसोसिएसनका अध्यक्ष प्रेम प्रसाद पौडेल, फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष गिरीधारी अधिकारी, सुदिप ढकाल, हर्क बहादुर शेरचन, उमाराज बाँस्तोला, सिताराम चालिसे, मिनराज काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा व्यवसायीका छोराछोरीहरुलाई एसएलसी तर्फ अतिश गुरुङ, पलिना बस्ताकोटी प्लस टु तर्फ सुजन खाँड र अञ्जिली शाह सम्मान साथै पुराना व्यावसायीहरु वेदनाथ शाह, माधवप्रसाद सिग्देल, भरत जैसवाल, तारा बहादुर श्रेष्ठ, पुष्प बिजुज्छे, कानुनी सल्लाहाकार जगननाथ ढकाल, सस्थापक अध्यक्ष सिताराम चालिसे सम्मानित भएका थिए । 
कार्यक्रम बलराम गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रदिप कुमार मुल्मीले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम एसोसिएसनका महासचिव केशव बहाद्र खत्रीले सञ्चालन गरेका थिए ।




Post a Comment

 
Top