0
गोल्डेन न्यूज संवाददाता
 नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति कुनै पार्टीको परिवर्तित रुप नहुने बताएका छन् । नयाँ शक्तिको विचार, सोच, कार्यक्रम र यसमा आबद्ध मानिसहरु पनि विल्कुलै नयाँ हुने भन्दै उनले कुनै पार्टी विशेषको परिवर्तित रुपको रुपमा नयाँ शक्तिलाई नहेर्न आग्रह गरे । पोखरामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक विकास र संबृद्धिको मूल एजेण्डाका साथ राष्ट्रको नेतृत्व गर्न सक्ने गरी नयाँ शक्ति निर्माण हुने बताए । नयाँ शक्ति निर्माणको क्रममा झण्डै ३० जिल्लाको भ्रमणमा बैकल्पिक राजनीतिक शक्ति प्रतिको आकर्षण पाएको उनले बताए । नयाँ शक्तिमा अधिकांश नयाँ अनुहारका युवाहरुको बर्चश्व रहने र अन्य राजनितिक पार्टीबाट तानातानको अबस्था नरहने उनले स्पष्ट पारे । नयाँ शक्ति निर्माणको लागि पहिलो चरणको प्रचारात्मक अभियान सकिएकाले अब अन्तरिम संरचना निर्माणमा लाग्ने भट्टराईले जानकारी दिए । पहिलो चरणमा सम्बन्ध विस्तारको प्रचारात्मक अभियान सकिएकाले माघ लागेपछि बिभिन्न पक्षसँगको छलफलमा अन्तरिम सांगठनिक संरचना निर्माण गरिने उनले बताए । भट्टराईले यो बर्षको अन्तिम सम्ममा बृहत राष्ट्रिय सम्मेलन गरी नयाँ शक्तिलाई बिधिवत घोषणा गरिने जानकारी दिए । त्यसका लागि केन्द्रदेखि स्थानीय तह सम्म अन्तरिम संरचना तयार गरिने उनले स्पष्ट पारे । भट्टराईले तराईको बिद्यमान संकट समाधानका लागि गम्भिर वार्ता र सम्वादको आबश्यकमा जोड दिए । उनले मधेस आन्दोलन तत्काल समाधान नभए स्थिति कसैको बसमा नरहने र अर्कै शक्तिको हातमा जाने खतरा औल्याए । दिगो शान्ति हुने गरी झगडाको बिँउ नराखी समस्याको समाधान खोज्न उनको सुझाव छ । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले जनताले दुःख पाउँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । सरकारले भूकम्प पीडितलाई राहात दिन नसकेको र मधेस आन्दोलनको पाँच महिना हँुदापनि प्रभावकारी ढंगबाट समस्या समाधान गर्न नसकेको उनले बताए ।







Post a Comment

 
Top