0
गोल्डेन न्यूज संवाददाता
पोखरा–८,प्रगति टोलका युवा समूहले नयाँ वर्षको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमबाट संकलित रकम टोलमा फोहोरमैला व्यवस्थापन गर्ने साथै अन्य सामाजिक कार्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा युवाहरुले विभिन्न भाषा, जातजातिहरुको नाच प्रस्तुत गरेका थिए भने लोकल व्याण्ड, ड्रिम ब्याण्ड  बल्याकबिट ट्रासिस गु्रपले लाईभ कन्सर्ट गरी कार्यक्रमलाई रोचक बनाएका थिए । साथै लोक तथा दोहोरी गायक शंकर बिरही गुरुङको प्रस्तुतिको कार्यक्रमको रौनक अझ बढेको थियो । कार्यक्रमकी प्रमुख अतिथि महिला समन्वय समिति वडा नं ७ का अध्यक्ष तथा घारीपाटन टोल विकास समितीका अध्यक्ष प्रभा पन्तले प्रगति टोलका युवाहरुले आयोजना गरेको साँस्कृतिक कार्यक्रम तथा लाइभ कन्सर्ट सराहनीय रहेको बताइन । 

पोखरा उप–महानगरपालिकाले हालै वितरण गरेको ग्याँस उपभोक्ता कार्डमार्फत टोलबासीले सहज रुपमा ग्यास पाउन सक्ने पन्तले विश्वास व्यक्त गरिन् । समूहका तर्फबाट स्वागत मन्तव्य सल्लाहकार पूर्णखर अधिकारीले गरेकी थिइन। सो अवसरमा टोलकी वृद्ध सदस्य कामिरी गुरुङ, आर्थिक पक्षमा सहयोग गर्ने मुख्य प्रायोजक आरती थापा मगर, प्रायोजक हरु राज परियार, अमर लामा, निरु थापा मगर र गोपाल परियारलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । प्रगति टोलका युवा समूहका अध्यक्ष नेत्र बहादुर सुनारको सभापतित्वमा सम्पन्न  कार्यक्रमको संयोजक समूहका सदस्य अनिल गुरुङले गरेका थिए भने संचालन समूहका सदस्य सागर श्रेष्ठ रविन नेपाली सृजना क्षेत्रीले संयुक्त रुपमा गरेका थिए ।  कार्यक्रममा तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठ, ज्यारपोदय युवा क्लबका अध्यक्ष सुरेश गुरुङ, प्रगतिटोल विकास संस्थाका अध्यक्ष प्रकाश भुजेल लगायतहरुले आ–आफ्नो भनाइ राखेका थिए ।








Post a Comment

 
Top