0
गोल्डेन न्यूज संवाददाता
सहारा क्लब पोखराद्वारा आयोजित मोफसलका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित १४औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ ५ गतेदेखि १६ गतेसम्म पोखरामा हुने भएको छ । प्रतियोगिताको जानकारी गराउने उद्देश्यले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष वीरभद्र आचार्यले विदेशी तीन टिमसहित जम्मा १२ टिमले प्रतियोगितामा सहभागिता जनाउने जानकारी गराए । उनका अनुसार तीन विदेशी टिमसहित रुस्लान थ्रीस्टार क्लब, नव जनजागृित युवा क्लब सिमरा, त्रिभुवन आर्मी क्लब, रमपम झापा ११, सहारा क्लब पोखरा, लक्ष्मी हुन्डाइ मनाङ–मस्र्याङ्दी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब प्रतियोगितामा सहभागी हुनेछन् । ‘खेलकुदको विकासमा सहकार्य गरौँ पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ प्रतियोगिताको सफलताका लागि क्लबका अध्यक्ष वीरभद्र आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति र १०१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको मूल आयोजक समितिका सदस्य सचिव केशवराज बरालले जानकारी गराए । क्लबका वरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा प्रतियोगिता संयोजक रहेको र विभिन्न १५ उपसमितिसमेत गठन गरिएको आयोजकले जनाएको छ । 













Post a Comment

 
Top