0
गोल्डेन न्यूज संवाददाता
छैठौ्रं विग आईकनको पाँचौ चरणसम्म आईपुग्दा ४३ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । चौथो चरणको अडिसनमा सहभागी भएका ६२ जना प्रतिस्पर्धीहरु मध्येबाट उनीहरु पाँचौ चरणका लागि छानिएका हुन् । विग आईकनको यो सिजनमा कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए । आईतबार श्यामसुङ तामाङ र विनोद बानियाँ निर्णायक रहेका थिए । यो सिजनमा उनीहरुसँगै गायक कर्णदास, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा पनि निर्णायक रहेका छन् । छैटौं बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्ने आयोजक बिग एफएमले जनाएको छ ।














Post a Comment

 
Top