0
गोल्डेन न्यूज संवाददाता
रेडियो बाराहीको प्राविधिक शाखामा कार्यरत टीका थापा मगरमाथि बुधबार राति आक्रमण भएको छ । रेडियोको नियमित काम सकेर राति घर फर्कदै गर्दा थापा माथि पोखराको नागढुंगा नजिकै मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिले आक्रमण गरेको हो । टाउको र निधारमा गम्भीर चोट लागेका थापा मगरको टाउकोको अगाडि पछाडी टाँका लगाइएको छ । उनलाई शुक्रबारै उपचारपछि डिस्चार्ज गरिएको छ । थापा मगरको पोखराको मणिपाल शिक्षण अस्पतालको अकास्मिक कक्षमा राखेर उपचार गरिएको थियोे । थापा मगरमाथि रातको झण्डै ११ः४० बजे निवासतर्फ फर्कदै गर्दा नागढुंगाको ओरालोमा आक्रमण भएको हो ।

यसैबीच टीका माथि भएको आक्रमणको रेडियो बाराहीले एक विज्ञप्ति जारी गर्र्दै भ्रत्सना गरेको छ । रेडियोले आक्रमणमा संलग्न जो केही भएपनि यथाशीघ्र पक्राउ गरी कडा भन्दा कडा कार्वाही गर्न प्रशासनसंग जोडदार माग गरेको छ । सञ्चारमाध्यममा कार्यरत प्राविधिक, कर्मचारी र सञ्चारकर्मीमाथि हुने यस्ता खालका आक्रमण सह्य नहुने भन्दै रेडियोले शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । आक्रमणको घटनाले सवै सञ्चार गृहमा कार्यरत सञ्चारकर्मी, कर्मचारीमा असुरक्षित महसूस हुने विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनाले सर्वसाधारणमा समेत थप असुरक्षित महसूस हुने तर्फ समेत रेडियोले ध्यानआक्रर्षण गराएको छ ।





Post a Comment

 
Top