0
गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्कीको निर्माणधिन उद्घाटन आगामी माघ १६ गते गर्ने तयारीमा कास्की महासंघ लागेको छ । पत्रकार महासंघ कास्कीले दिएको निम्तो स्वीकार्दै विहीबार पोखरा आएका उपराष्ट्रपति नन्दबहादुर पुनले माघ १६ गते भबन निर्माण गर्न आउने वचनबद्धता अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिब त्रिभुवन पौडेललाइ दिएका हुन् । अध्यक्ष ज्ञवाली र सचिब पौडेलले उपराष्ट्रपतिलाइ भेटेर भवन निर्माणमा प्रमुख अतिथीको रुपमा सहभागी हुनका लागि निमन्त्रणा दिएका थिए । पत्रकार महासंघ कास्कीले सोही दिन महासंघको साधरण सभा समेत गर्ने तयारी गरेको छ । “उपराष्ट्रपतिज्यूले समय दिने भन्नुभएको छ । हामीले औपचारीक रुपमा उहाँलाइ कार्यक्रमको विवरण बुझाउने छौ”–अध्यक्ष ज्ञवालीले  भने–“माघ १६ गते भब्य समारोह बिच पत्रकार महासंघको भवन उद्घाटन हुनेछ । सोही दिन साधरणसभा पनि गर्ने तयारीमा जुट्नेछांै । कार्यक्रमको बारेमा एक दुइ दिनमै महासंघको पुर्ण बैठक बसेर निर्णय लिनेछौ ।” महासघ कास्कीका सचिब त्रिभुवन पौडेलले भबन उद्घाटन समारोहलाइ महासंघ कास्कीले उत्सबका रुपमा मनाउने जानकारी दिए । “पत्रकार महासंघका केन्द्रिय पदाधिकारी सहित पूर्व अध्यक्षहरु र छिमेकी जिल्लाबाट समेत महासंघका साथीहरुलाइ बोलाएर महासंघको भबन उद्घाटन हुनेछ । सोही दिन सम्पुर्ण दाताहरुलाइ समेत सम्मान गरिने कार्यक्रम रहनेछ ।” सचिब पौडेलले भने ।

सचिब पौडेलका अनुसार सोही दिन महासंघ परिसरमै निर्माण भएको पोखराका पहिलो पत्रकार स्वर्गिय जगन्नाथ सिग्देलको शालिक समेत अनावरण गरिनेछ । साथै महासंघ कास्कीले प्रकाशन गर्ने स्मारिकाको पनि बिमोचन गर्ने कार्यक्रम तय भएको छ । स्मारिकाका लागि पुष २० गते भित्र लेख तथा रचना पठाउन महासंघ कास्कीले शाखाका सबै सदस्यहरुसँग आग्रह गरेको छ । पोखराको पार्दी स्थित पुनरावेदन कार्यालय पछाडि करिब दुइ करोडको लागतमा पत्रकार महासंघ कास्कीको सुबिधा सम्पन्न भबन निर्माण भएको छ । भबन निर्माणका लागि पोखरा उपत्यका नगर बिकास समितिले जग्गा प्रदान गरेको थियो । भबनमा करिब तिन सय मानिस अट्ने सुबिधा सम्पन्न सभाहल, तालिम हल, बैठक हल तथा अतिथि गृह समेत छ ।










Post a Comment

 
Top