0
गोल्डेन न्यूज संवाददाता
नेकपा क्रान्तिकारी माओवादी का केन्द्रीय सचिवालय सदस्य देव गुरुङले राष्ट्रियताको लागि सहमति बाहेक अरु विकल्प नभएको बताएका छन् । आइतबार पर्वतमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुरुङले भने–‘राष्ट्रियता, स्वाधिनताका लागि सहमतिको विकल्प छैन ।’ शीर्ष तीन दलले मधेसीलाई बाईपास गरेर संविधान निर्माण गरेका कारण देशमा बर्तमान समस्या पैदा भएको भन्दै अब देशको अखण्डता, राष्ट्रियता र स्वाधिनताका लागि समतिको दस्तावेज तयार गर्नुको विकल्प नभएको बताएका हुन् । सरकार र मधेशीबीच सहमति हुन नसके देश टुक्रने खतरा रहेको भन्दै राष्ट्रिय स्वाधिनतालाई माथि राखेर अन्य विषयमा सहमति गर्न सकिने उनको भनाई थियो । मधेसी मोर्चाले सहमतिको लागि ११ बुदेँ प्रस्ताब अघि सारेपनि दुई कुरामा सहमति हुन सक्ने उनको तर्क छ । सीमांकन र संघीयताका विषयलाई थाती राखि देशको समस्या समधान गर्नतर्फ लागेमा मात्र देशको स्वाधिनता रहने भन्दै गुरुङले छिटो भन्दा छिटो समस्याको समधान खोज्नुपर्नेमा जोड दिए । मधेसी मोर्चाले आफ्नै देशलाई आन्दोलनको बन्दी बनाएको र भारतले लगाएको नाकाबन्दीलाई मधेशीले आफै नाकाबन्दी गरेको भन्दै हिँडेपछि पार्टीले मधेशीसँग सहकार्य नगरेको समेत उनले बताए । भारतले नाकाबन्दी लगाएर दुई देश विच भएको १९५० को संन्धि आफैले लत्ताएको भन्दै अब नेपालले त्यसलाई मानि रहनु नपर्ने बताए । भारतले नेपालका विभिन्न राजनैतिक शक्तिहरुलाई हातमा लिने र विभिन्न बहानामा उक्साएर खेल खेलिरहेको भन्दै भारतीय प्रवृतिको आलोचना गरेका थिए । अब कम्युनिष्ट क्रान्तिकारीहरु मिल्नुको विकल्प नभएको भन्दै एमाओवादीसँग एकताको छलफल भएको समेत नेता गुरुङले खुलाए । नेकपा क्रान्तिकारी माओवादी पर्वतका संयोजक तेजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनको संचालन सचिवालय सदस्य दुर्गा तमुले गरेका थिए ।
नेता गुरुङले घरघरमा ग्यासको सट्टा पाइप लैजाने प्रमले गरेको उखान टुक्का जस्तो कुराले प्रम ओली देशको लागि गम्भीरता नभएको तर्क गरे । आफ्नै पाटीको कार्यक्रममा देशको जिम्मेवार नेताले एक साधरण नेता र पार्टीको सदस्य जस्तो गरी हसिमाजकका कुरा गर्नु गलत भएको टिप्पणी गरे । ओलीको यस्तो तर्क र भाषणले उनको सरकार आफै ढलाउने पक्कापक्की भएको समेत दाबी गरे । नेकपा एमाओवादीविच अनौपचारिक रुपमा पार्टी एकताका कुरा उठेता पनि तत्तकाल एकता हुने संकेत नभएको समेत बताए । उनले भने पार्टी एकताको लागि अनौपचारिक रुपमा छलफल भएको छ तर अझै पनि बेमेल छ त्यसैले छिट्टै एकता हुने सम्भावना कम छ गुरुङले भने । देशको अबस्थालाई हेर्ने हो बर्तमान अबस्थामा कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको तर तत्काल एकताको लागि भने पहल नभएको बताए ।









Post a Comment

 
Top