0
गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपसभापति एवं सल्लाहकार राजबहादुर गुरुङ तमु पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार हङकङ्ग व्युटि इन्स्टिच्युट प्रा.लिका संचालिका मिना गुरुङद्वारा स्थापित, तमु संचारकर्मी संघ कास्कीद्वारा संचालित छ । यहि पौष २९ गते तमु संचारकर्मी संघ कास्की शाखाको वार्षिकोत्सवमा गुरुङलाई सम्मान गरिनेछ । पुरस्कारको राशि ११ हजार रुपैयाँ नगद, सम्मानपत्र र तमु संस्कृतिमा आधारित फेटा (क्रेगी) रहेको छ ।

अधिवक्ता जुनाकुमारी गुरुङ संयोजक रहेको पुरस्कार छनोट समितिको बैठकले उनलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । गुरुङ करिब दुई दशकदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आइरहेका छन् । उनी पोखराबाट प्रकाशित युनाइटेड दैनिकका प्रधान सम्पादक समेत हुन् । उनले काठमाडौँबाट प्रकाशित जनसत्ता साप्ताहिकबाट पत्रकारिता शुरु गरेका गुरुङले सन्ध्याकालिन दैनिक, सगरमाथा टेलिभिजनमा काम गरेका थिए । गुरुङले पत्रकार महासंघ कास्कीको भवन निर्माण समितिको सहसंयोजक भई काम गरेका थिए । गुरुङ प्रेस युनियन राष्ट्रिय पार्षद सदस्य, छापा माध्यम राष्ट्रिय सञ्जाल पश्चिमाञ्चल संयोजक तथा केन्द्रीय उपाध्यक्ष, रिर्पोटस क्लव कास्की जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य, पोखरा नगर उपत्यका विकास समितिको पूर्व सदस्य समेत हुन् । उनी  गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।े



Post a Comment

 
Top