0
गोल्डेन न्यूज संवाददाता
जनजागृत उच्च मा.वि. सराङ्गकोट पोखरा–२६ को ५५औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले विकास निर्माणको कार्यमा राजनीति नगरी सबै भूमिका बढाउन सकेमा समग्र समाजको मुहार फेरिने बताए । प्रमुख अतिथि अधिकारीले उत्कृष्ट वर्ष कर्मचारी सहायक प्राचार्य यम बहादुर थापा, सहयोगी, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्दै पोखरामा थप भएका १० वडाहरु लाई विशेष प्याकेज सहित नगरबासी भएकोमा गर्व गर्ने योजना ल्याउन लागिएको बताए । वि.सं.२०१७ सालमा कुलमण्डल प्रावि हुँदै हालको जनजागृत उच्च मावि साविक सराङ्गकोटको पहिलो उत्कृष्ट विद्यालय भएकोमा स्थापनार्थहरु स्मरण र शैक्षिक गुणस्तरमा बृद्धि गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु झपट बहादुर थापा, रामबहादुर थापा, शेर बहादुर थापा, नेपाली काँग्रेसका वडा सभापति शमशेरबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर थापा, राप्रपा नेपालका बेलबहादुर खड्का, विद्यालयका प्राचार्य विष्णुप्रसाद तिमिल्सिना, विद्यार्थी प्रतिनिधि धिरज थापा, किमा सुवेदी, अखण्ड नेपालका विरबहादुर थापा, शान्त उच्च माविका प्राचार्य विष्णु भट्टराई, अक्षयकोषदाता भगवती खड्का, विद्यालय अभिभावक संघका अध्यक्ष कृष्ण गोतामे, एमालेका ज्ञानबहादुर थापा, पूर्व अध्यक्ष दिलबहादुर जिसी, बेल बहादुर थापा, जनजागृत युवा क्लवका अध्यक्ष सन्तोष जिसी, महिला प्रतिनिधि विमला ढकाल लगायतले विद्यालयको विकासमा सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक सदस्य शिक्षक मिनबहादुर थापाले स्वागत, शिक्षक कृष्ण तिमिल्सिनाले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, सम्मान तथा पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रमहरु गरिएको थियो ।










Post a Comment

 
Top