0
गोल्डेन न्यूज संवाददाता
कास्कीको भाचोक गाविस वडा नं ८ मकैखोलामा अवस्थित जनकल्याण उच्च माविको स्वर्ण जयन्तीको अवसरमा आयोजित ३ दिने कार्यक्रम जारी रहेका छन् ।       नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सांसद यज्ञवहादुर थापाले विहीबार उद्घाटन गरि शुभारम्भ भएको स्वर्ण महोत्सवका तीनदिने कार्यक्रम अन्र्तगत शुक्रबार भूतपूर्व प्रधानाध्यापक तथा भूतपूर्व विद्यार्थीहरुबीच पूनर्मिलन कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै थापाले शिक्षाको विकासमा जनकल्याण उच्च माविले खेलेको भूमिका अत्यन्तै सह्रानीय रहेको बताए । कार्यक्रममा विद्यालयले सञ्चालन गरेका विभिन्न शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । यसैगरी भूतपूर्व प्रधानाध्यापक एवं शिक्षा सेवी रामचन्द्र ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै ढुंगानाले विगतको कठिनाईलाई झेल्दै विद्यालय यहाँसम्म आईपुग्नुमा सवै अभिभावक र शिक्षाप्रेमीहरुको अतुलनीय योगदान रहेको भन्दै ईतिहासलाई भुल्न नहुँने बताए । 
विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व विद्यार्थी एवं विश्लेशक झलक सुवेदी, पूर्वविद्यार्थीहरु राम ढुंगाना, मोहनकुमारी शाह, हरिप्रिया पौडेल, सुर्यमोहन शर्मा, समाजवेवी कृष्णराज पौडेल, श्रीराम सुवेदी,  समाजसेवी राम सुवेदी संघीय समाजबादी पार्टी कास्कीका अध्यक्ष एवं पूर्व विद्यार्थी दिपक तामांङ, विद्यालय व्यव्सथापन समितिका पूर्व अध्यक्ष एवं पूर्व विद्यार्थी आनन्द सुवेदी, पूर्वप्रधानध्यापक योगराज बास्तोला, घनस्याम आचार्य,  र ऋषिराम सुवेदी,  पूर्व विद्यार्थी मिन बहादुर गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।






Post a Comment

 
Top