0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारले सञ्चालन गरेको दादुरा–रुवेला खोप अभियान २०७२–०७३ को विषयमा पोखराका सञ्चारकर्मी, पेशाकर्मी र सरोकारवालाहरुको अभिमुखिकरण तथा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा डा. महेन्द्र सिँह थापाले खोप कार्यक्रम र यसको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सरकारले सन् २०१६ को अन्त्यमा सबै खोपको कभरेज ९० प्रतिशत पुर्याउने त्यस्तै सन् २०१९ को अन्त्यमा दादुरा रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको बताए । १ वर्षभन्दा माथिका बालबालिका स्वयम्सेवीहरुलाई पनि खोप सेवा प्रदान गर्ने लक्ष्य लिएको डा. थापाले कार्यक्रममा जानकारी दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै बाल स्वास्थ्य महाशाखाका भरत भण्डारीले नेपाल सरकारले अहिले संचालन गरेको खोप अभियानको बारेमा जानकारी दिए । उनले नेपालमा कुन खोपको सुरुवात कहिले भयो, खोप दिदा र नदिदा बालबालिकाको मृत्युदरमा भएको परिवर्तन र खोप दिदा समाजमा देखिने समस्याको बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरेका थिए । सरकारले संचालन गरेको खोप अभियानलाई सफल पार्न संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताइएको थियो । 
खोप लगाएपछि हुने समस्याको बारेमा सत्यतथ्य नबुझि समाचार प्रकाशन र प्रसारण गर्दा हुने समस्यालाई ध्यान दिन पनि कार्यक्रममा सरोकारलवालाहरुले संचारकर्मीलाई सुझाएका थिए । खोप दिदाको फाइदा र खोप नदिंदा हुने समस्याको बारेमा समाजमा जानकारी दिन संचारमाध्यमले सकरात्मक भूमिका खेल्न उनीहरुले आग्रह समेत गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, संचारीका समूह पश्चिमाञ्चल संयोजक जमुना शर्मा वर्षा,  लगायतले बोलेका थिए । कार्यक्रम पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. तारानाथ पौडेलको अध्यक्षतामा भएको थियो ।











Post a Comment

 
Top