0
गोल्डेन न्यूज संवाददाता
स्टेप वाई स्टेप उच्च मा.वि. मासबार पोखराले आफ्नो वार्षिक कार्यतालिका अनुसार कक्षा ११ र १२ (व्यवस्थापन÷विज्ञान संकाय) को स्पोर्ट मिट सुरु भएको छ । सदनात्मक रुपमा विद्यालयकै खेल मैदानमा सञ्चालित स्पोर्टमिट दुई दिवसीय रुपमा सञ्चालन भइरहेको छ। स्पोर्ट मिटमा छात्र÷ छात्रा भलिबल, बास्केटबल, टेबल, टेनिस लगायतका खेलहरू खेलाइएका छन् । विद्यालयका प्राचार्य निर्मला बरालले विद्यार्थीहरू अनुशासित र मेहेनतका साथ खेल क्षेत्रमा लागि पढाइका अलवा आफूलाई यस क्षेत्रमा स्थापित गर्न सक्षम हुनेमा जोड दिए । यसैगरी विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले शिक्षा र खेलकुद एउटा रथका दुई पाङ्ग्रा भएकोले विद्यार्थीले दुवैलाई एकसाथ बढाउनु पर्नेमा जोड दिए । निजी उच्च मा.वि.हरूले आफ्नो विद्यार्थीलाई खेलकुदको क्षेत्रमा पनि अगाडि बढाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

प्राचार्य बरालले खेल रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरीएको खेलको संयोजकत्व विद्यालयका खेल शिक्षक विमल गुरुङ्ले गरेका थिए ।  बास्केटबल मा ग्यालिलियो सदनका संजोक कार्की, सुवर्ण पाहारी, सुनिल गौतम, प्रशन्नराज गिरी, आशिष थापा, विराज सुबेदी र सन्देश पाइजा पुनको समूह विजयी भएको थियो भने माकोर्नी सदनको समूह दोस्रो भएको थियो । त्यस्तै भलिबलतर्फको मार्कोनी सदन र न्युटन सदनको फाइनल शुक्रबार हुनेछ । प्रतियोगितामा बास्केटबलतर्फ मार्कोनी सदनका अशोक क्षेत्री हाइ स्कोरर ल्याउन सफल भएकोे विद्यालयका ंद्द उप–संयोजक संजय बरालले बताए ।












Post a Comment

 
Top