0
नेपालबाट मानव तस्करी हुने गरेको कुनै नौलो कुरा होइन । कहिले अवैध रुपमा कहिले वैध रुपमै मानव तस्कर हुन थालेको युगौं भइसकेको छ । पछिल्ला दिनमा भूकम्पबाट पीडित बनेका नागरिकको यो वा त्यो बाहनामा मानव तस्कर हुन थालेको समाचार आएका छन् । अवैध रुपमा वैदेशिक रोजगारमा जाँदा नेपाली चेलीले भोग्नु परेको समाचारले आङ नै सिरिङ बनायो । श्रम सम्झौता भएका मुलुकमा गएका महिलाका पीडा त दर्दनाक छन् भने श्रम सम्झौता नै नभएको विश्वको शक्तिशाली मुलुक युनाईटेड स्टेड अफ अमेरिका प्रवेश गर्नु कुनै चानचुने कुरा होइन । अमेरिका प्रवेश गर्नु सहज छैन फेरि पनि लाखौं लगानी गरेर अमेरिकाको पिआर पाउने आशामा नेपाली युवा धमाधम ज्यानको बाजीनै लगाएका छन् । आप्रवासी र आतंकवादी संगठनले सताईएका युरोपका देशहरुमा राम्रो कमाई नभएपनि मानव तस्करको प्रलोभनमा परेर नेपाली युवायुवती जोखिम मोल्न तयार छन् । यस्तै जोखिम मोल्न तयार हुँदा एक नेपाली युवतीले यौन शोषणको सामना गर्नुप¥यो । आतंकवादी संगठनका कारण सिरिया, इराक लगायतका देशबाट युरोपमा शरण लिनेहरुको संख्या पछिल्लो एक वर्षमा विगतमा भन्दा दोब्बर बढेको छ । शरणार्थी समस्याका कारण युरोपेली देशमा सहजै शरण लिन पाईने अवस्था पहिलेको जस्तो छैन । यस्तो विकराल अवस्थामा पनि नेपाली युवाहरु अमेरिका छिर्ने कोशिष गरिरहँदा कहिले कोष्टारिकाबाट पक्राउ पर्छन त कहिले मेक्सिको र भेनेजुयलाबाट पक्राउ पर्छन् । अमेरिका जाने सपनाले घर न घाटको बनाउँछ भन्ने थाहा हुँदाहुँदै पनि युवाहरु अवैध काममा किन तल्लिन छन् ? अमेरिका छिर्ने क्रममा नेपाली नागरिक पटक–पटक अफ्रिकी र दक्षिण अमेरिकी मुलुकमा पक्राउ परेको समाचार आईरहँदा पनि नेपाल सरकार मानव तस्करको संजाल तोड्न तत्पर छैन ? मानव तस्करहरुले नयाँ नयाँ रुट परिवर्तन गरेर अमेरिका पु¥याउने गरेका छन् । सरकारले उनीहरुको पहिचान गरी कडा कार्वाही नगरेकै कारण उनीहरु रातारात करोडपति बनेका छन् । मानव तस्करहरुले अहिले दिल्लीहुँदै अमेरिका छिराउने गरेका छन् । नजिकको छिमेकी भारत सरकारको सहयोग लिन सक्ने हो भने नेपाली युवाहरुले जोखिम मोल्नु पर्दैन भने दलालहरु पक्राउ पर्न सक्छन् । खाडी मुलुकमा दुःख पाईरहेका नेपाली श्रमिकको समस्या समधान गर्न नसक्ने सरकार सक्षम छैनभने अमेरिका पठाउने मानव तस्करको पहुँच पुग्नु त आकाशको फल आँखा तरि मर भने जस्तै हो । कतिपय मुलुकका डान्स वारहरुमा नेपाली युवतीहरुले जोवन बेचिरहेका छन् । खाडीका अधिकांश ठाउँमा नेपाली महिलाहरु सुरक्षित छैनन् । तर, दलालले ललाई फकाई नेपाली युवतीहरुलाई विदेश पठाउन सफल भईरहेका छन् । सधै रेमिट्यान्सको गुनगान गाउने सरकारले आफ्ना नागरिक विदेशमा सुरक्षित छन् कि छैनन् भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । सरकारले उनीहरुको बारेमा चासो नदेखाउँदा महिलाहरू यौन शोषणको शिकार बनेका छन् । गरीब परिवारका युवतीहरूलाई लोभलालच देखाई विभिन्न मुलुकमा पु¥याउने संगठित गिरोहहरूले नेपालका सक्रिय छ । त्यसैले संगठित मानव तस्करलाई निष्तेज पार्न सरकारले कडा कदम चाल्न जरुरी छ ।







Post a Comment

 
Top